काठमाडौं जिल्ला शिक्षा समन्वय समिति र महानगर शिक्षा शाखालाई राहत शिक्षकको ध्यानाकर्षण पत्र

काठमाडौं जिल्ला शिक्षा समन्वय समिति र महानगर शिक्षा शाखालाई राहत शिक्षकको ध्यानाकर्षण पत्र

कपन अनलाइन

काठमाडौं ,भाद्र २६।
नेपाल राहत शिक्षक काठमाडौं जिल्ला समिति र काठमाडौं महानगरपालिका समितिले दरवन्दी मिलानको विषयमा जिल्ला समन्वय इकाई  र महानगरपालिका शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएका छन।
नेपाल सरकारले शिक्षक दरवन्दी मिलानका लागि भन्दै देश भरका शिक्षकहरुलाई दरवन्दी पुलमा राखे पछी त्यसको विरोधमा राहत शिक्षक केन्द्रीय समितिको निर्देशन अनुसार देशभर ध्यानाकर्षण पत्र बुझाइएको हो।

काठमाडौं महानगर शिक्षा शाखाका अधिकृत मोतिराज खनाललाई काठमाडौं महानगरपालिका समितिका अध्यक्ष शंकरराज न्यौपानेले ध्यानाकर्षण पत्र बुझाएका थिए।

 

नेपाल  राहत शिक्षक  समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारी,महासचिव कुमार बजगाई ,उपमहासचिव डम्बर राई ,बागमती प्रदेसका अध्यक्ष  बासु प्रसाद त्यस्तै जिल्ला शिक्षा समन्वय इकाईका अधिकृत दिपेस सिलवाललाई काठमाडौं जिल्ला समितिका अध्यक्ष  डम्बर राईले ध्यानाकर्षण पत्र बुझाएको सो अवसरमा काठमाडौं महानगरपालिका समितिका सचिव टिका सुवेदीको पनि उपस्थिति रहेको थियो।

अहिले सम्म राहत शिक्षकहरुलाई दरवन्दीको मान्यता नदिएको अवस्थामा अन्याय पूर्ण रुपमा दरवन्दी मिलान पुलमा राखिएको भन्दै विरोधमा रहेका राहत शिक्षकहरुले देशब्यापी आन्दोलन सहित कानुनी उपायको खोजी गर्ने बताउदै आएका छन।

ध्यानाकर्षण पत्र :

 

तपाइँको प्रतिक्रिया ।