बुढानीलकण्ठ नगरपालिकामा १५ जना कोरोना  संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा १५ जना कोरोना  संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं ,भाद्र २७।

भाद्र २६ गते  बुढानीलकण्ठ नगरपालिकामा  १५ जना कोरोना  संक्रमित थपिएका छन्। भाद्र २६ गते  वडा नं ३,४, ५, ७, ८, ९ र १२ मा कोरोना संक्रमित थपिएका छन।

भाद्र २६ गते थपिएका संक्रमितमा वडा नं ३ नारायणस्थानका ४८ वर्षिय एक पुरुष,वडा नं ४ पासिकोटका १४ वर्षका दुई महिला, ३२ वर्षिय एक पुरुष, ४९ वर्षिया एक पुरुष, ३९ वर्षिया एक महिला, १३ महिने एक बालक र वडा नं ५ विष्णुमतिबाट ४६ वर्षिया एक महिला रहेका छन।

त्यस्तै  वडा नं ७ हेपाली हाइटबाट १४ वर्षिय एक पुरुष,वडा नं ८ रुद्रमती चोकका  २१ वर्षिया र १३ वर्षिय पुरुष, भंगालका  ३५ वर्षिया एक महिला, न्यु कोलोनीका  २५ वर्षिय एक पुरुष, मण्डिकाटारका  १६ वर्षिया एक महिलार वडा नं १२  आदर्शनगरका  ३३ वर्षिय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

नगरपालिकामा हाल १८७ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये १४९ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने बाँकी ३८ जना विभिन्न अस्पतालहरुमा  रहेका छन्।

तपाइँको प्रतिक्रिया ।