सबै धर्मको तत्वज्ञान बुझेका शिवपुरी बाबाको तपस्थल शिवपुरी पर्वतको प्रवर्धन गरौ

सबै धर्मको तत्वज्ञान बुझेका शिवपुरी बाबाको तपस्थल शिवपुरी पर्वतको प्रवर्धन गरौ

कपन अनलाइन 

काठमाडौं ,भाद्र २५।

काठमाडौं उपत्यकाको उत्तरी पर्वत शृंखलामा रहेको शिवपुरी पर्वत प्राकृतिक र धार्मिक रुपमा निकै दर्शनीय रहेको छ। काठमाडौं उपत्यकाका लागि पानी पुनर्भरण गर्ने जलाधार रहेको यस क्षेत्रमा धेरै ठुला ठुला तपस्वीहरुले तप  र ध्यान गरेका छन। शिवालोकका नामले पनि चिनिने यस स्थानमा बागद्वार ,विष्णुद्वार सहित सात द्वार रहेका छन भने यसको काखमा बुढानिलकण्ठ मन्दिर रहेको छ।

यस पर्वत शृंखलामा तप र ध्यान गर्ने तपस्वीहरु मध्ये शिवपुरी बाबा एक थिए। दक्षिण भारतको केरला राज्यमा सन् १८२६ मा जन्मिएका उनले संसारको भ्रमण गरेपछि यस स्थानमा आएर ध्यान गरेका थिए।

आफ्नो जीवनको अन्तिम समयमा गिजामा समस्या आए संगै पशुपति सरेका उनको बाल्यकालको नाम जयन्थन नाम्बुरिपार्द थियो जसले ९ वर्षको उमेरमा आफ्ना अभिभावक गुमाएका थिए।

आफ्नो जीवनको करिव २४ वर्ष नर्मदा नदीको जंगलमा तपस्या गरेरविताएका शिवपुरी बाबाले करिव ४० वर्ष विस्वका विभिन्न देशहरुको भ्रमण गरेका थिए जसमा ८० प्रतिसत पैदल यात्रा रहेको थियो।

आफ्नो कठोर तपस्या र अथक साधनका कारण सबै धर्मको तत्व ज्ञान प्राप्त गरेका उनले मुस्लिमहरुको पावन धार्मिक स्थल मक्का र इशाईहरुको जेरुसेलमको पनि भ्रमण गरेका थिए।

बेलायती महारानी भिक्टोरियाको आग्रहमा केहि वर्ष बेलायमा विताएका उनि दक्षिण अमेरिका र अस्ट्रेलियाको भ्रमण पश्चात महाशिवरात्रीमा पशुपति नाथको दर्शन गर्नका लागि नेपाल आएका थिए।

करिव १ सय वर्षको उमेरमा शिवपुरी आएर बसेका उनले आफ्नो जीवनको अन्तिम ३७ वर्ष नेपालमा बिताउदै सन् १९६३ जनवरी २८ तारिख  बिहान करिव ५ बजे  पशुपति धर्मस्थलीमा समाधि लिएका थिए।सनातन धर्म र यसको सारतत्वका वारेमा गहिरो अध्ययन गरेका शिवपुरी बाबाले विश्व हिन्दु विश्वविद्यालय स्थापनाका लागि ५० हजार दिएका थिए।

सनातन धर्म र यसको महिमाका वारेमा धेरै ज्ञानहरु बाढेका शिवपुरी बाबाको वारेमा सन् १९५८ मा एक अमेरिकन पत्रिकाले छापेको सामाग्री (हिक्मत डंगोलको सहयोगमा उपलव्ध ) :

आफ्नो जीवनको अन्तिम समय गहन ध्यान र तपस्यामा विताउन शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको शान्त पर्वत शृंखला रोजेका शिवपुरी बाबाका वारेमा डा. वाइवी श्रेष्ठ मल्लले The Gita and Right Life as i understand it , भन्ने किताव लेखेका छन भने रेनुलाल सिंहले Right Life – Teachings of the Shivapuri Baba लेखेका छन।

त्यस्तै जोन जी. बेनेटले शिवपुरी बाबा सम्बन्धि Long Pilgrimage – The Life and Teaching of the Shivapuri Baba भन्ने पुस्तक लेखेका छन।

आफ्नो धर्म प्रतिको आस्था र अथक त्यागले ईश्वर संग साक्षात्कार गरेका शिवपुरी बाबाले तप र ध्यान गर्दै ओजस्वी बनाएको यो क्षेत्रको प्रवर्धन गर्नुपर्ने देखिएको छ भने उनका वारेमा अझै गहन खोज र अनुसन्धान पनि आवस्यक रहेको छ।

भुमध्ये रेखाको पैदल यात्रा गर्दै मुस्लिमहरुको पवित्र स्थल मक्कामा दर्शन गर्ने पहिलो सनातनी हिन्दु शिवपुरी बाबाको तप स्थललाई संरक्षण गर्दै यसलाई धार्मिक स्मारकका रुपमा विकास गर्नुपर्ने देखिन्छ।

त्यस्तै यस क्षेत्रको अध्ययन,अनुसन्धान र प्रवर्धनका लागि बृहत कार्ययोजना बनाउन समिति गठन गर्न सके सो क्षेत्रको एकिकृत विकास र संरक्षण गर्न सकिने देखिन्छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।