शंखरापुर नगरपालिका हाललाइ कोरोना भाइरस संक्रमण मुक्त: नगर प्रमुख सुवर्ण श्रेष्ठ

शंखरापुर नगरपालिका हाललाइ कोरोना भाइरस संक्रमण मुक्त: नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाडौं, भाद्र २५ । काठमाडौं उपत्यका लगायत देश भरी कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै वृद्धि भैरहेको बेला शंखरापुर नगरपालिका भने हाललाइ कोरोना भाइरस संक्रमण मुक्त भएको छ।शंखरापुर नगरपालिकाका नगर प्रमुख सुबर्ण श्रेष्ठका अनुसार होम आइसुलेसनमा रहेका एकै परिवारका तीन जनाको  पुन: पि.सि.आर. परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै  नगरपालिका हाल लाई कोरोना मुक्त भएको बताए ।शंखरापुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २० जना  रहेको मा यश अघि १७ जना निको भएर घर फर्किसकेका थिए भने बाँकी तीन जनाको  पनि  रिपोर्ट नेगेटिभ आए संगै नगरपालिका हाललाइ संक्रमण मुक्त भएको उनले बताए ।

हाल नगरपालिकामा कोरोना संक्रमित  कोही नभए पनि सावधानी अपनाइ सरकारले ल्याएको स्वास्थ्य मापदण्ड पालना गर्न नगर प्रमुख  श्रेष्ठले नगरबासीलाई आग्रह गरेका छन।नेपाल बाहिर वा नेपालकै अन्य  जिल्ला बाट कोहि मानिस शंखरापुर नगरपालिकामा आएमा त्यसको जानकारी वडा कार्यालयमा गराउन अनुरोध गर्दै यदि कसैले अटेर गरि कोरोना संक्रमण फैलाए सम्बन्धित घरधनी जिम्मेवार हुने र कानुन बमोजिम कारवाहि गरिने समेत उनले बताए।नगरबासीलाई कोरोना भाइरस संक्रमण बाट बचाउन नगरपालिकाले हरसम्भब प्रयास गरिरहेको बताउदै नगरबासीले पनि आफ्नो आफ्नो ठाँउ बाट सतर्कता  अपनाई सहयोग गर्न उनले अपिल  गरेका छन ।

तपाइँको प्रतिक्रिया ।