टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुग्यो

टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुग्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र २५ ।

टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ३१८ पुगेको छ । टोखामा बुधबार १२ जना संक्रमित थपिएसँगै नगरपालिकाभित्र कुल संख्या ३१८ पुगेको हो ।

जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ संक्रमित भेटिएका छन् ।

यस्तै, वडा नं १ मा चार, वडा नं २ मा एक, वडा नं ३ मा २१, वडा नं ४ मा २९, वडा नं ५ मा ४३, वडा नं ६ मा ३२, वडा नं ७ मा ४५, वडा नं ८ मा २४, वडा नं ९ मा १६, वडा नं १० मा २९ र वडा नं ११ मा ३० संक्रमित छन् ।

कोरोना संक्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ विरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।