Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118960258_3265808703536443_4614464461384094390_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118942592_3265808576869789_8363648914507811310_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

असाहय बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा लायन्स क्लबको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं भाद्र २५ ।असाहय बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्न सहयोग गरिएको छ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं पिपुल्सका चार्टर  प्रेसिडेन्ट रामशरण दहालले आफ्नो स्वर्गीय पिता शिवप्रसाद(सुर्यनाथ दहाल)को) श्राद्द पुण्य तिथिमा परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा  खाद्यान्न सहयोग गरेका  छन ।

बुधबारपिठो,ढुटो र पिना लगायतको सामग्री असाहय बाच्छा बाच्छी संरक्षण केन्द्रका सामाजिक अभियन्ता उत्तम पुडासैनीलाइ हस्तान्तरण गरिएको थियो ।लायन्स क्लब अफ काठमाडौं पिपुल्सका चार्टर प्रेसिडेन्ट रामशरण दहालले लायन्स फुड बैंकको तर्फबाट असहाय गाईबाछा,बाछीहरुलाई पिठो,ढुटो १/१ सय केजी र पिना ५० केजी प्रदान गरेको  थिए ।

कार्यक्रममा कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा, एरिया लिडर लायन अच्युत बिष्ट, लायन उमेश ढुंगाना ,लायन ठण्डराज ठकुरी, लायन बालकृष्ण श्रेष्ठ  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सामाजिक अभियन्ता उत्तम पुडासैनीले सहयोगी मनहरुलाई धन्यवाद दिदै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका बताए  । उनले  गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाच्छा जन्मिए अलि ठूलो भएपछि वाग्मती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको बताउदै त्यसलाई रोक्न गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाएको र खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानूनी एवं नीतिगत व्यवस्था गर्न माग गरेको पनि बताएका  थिए ।

उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि  कोरोना महामारी नियन्त्रण पश्चात छलफल गरेर छाडा गाईबाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारी समेत गरिएको उनले जानकारी गराउदै  सहयोगी दातालाइ धन्यवाद दिएका थिए । लायन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ ए१ले  कोरोना कहरको बीच सामाजिक तथा मानवीय सेवाका कार्यहरु निरन्तर गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।