चन्द्रागरी नगरपालिका वडा नं १को बैकल्पिक सडक प्रयोग गर्ने बारे सुचना

चन्द्रागरी नगरपालिका वडा नं १को बैकल्पिक सडक प्रयोग गर्ने बारे सुचना

कपन अनलाइन

काठमाडौं,भाद्र २५ ।चन्द्रागरी नगरपालिका वडा नं १ले बैकल्पिक सडक प्रयोग गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष राजेन्द्र केसीले जारि गरेको उक्त सुचनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक डिभिजन कार्यालय मिनभवनको टेण्डर ठेक्का सम्झौता बमोजिम यस चन्द्रागिरि नगरपालिका  वडा नं १ दहचोक स्थित १०० गन्तव्य ईन्द्रदह काजी कालु पाँडे समाधिस्थल क्षेत्र पहुँच मार्गहरू मध्ये त्रिवेणी खहरे इन्द्रेश्वर सडक र घट्टेडाडा पन्चकन्या ईन्द्रदह काजी कालु पाँडे सडक बिस्तार एवं टेवा पर्खाल लगायतका निर्माण कार्य आगामी २०७७ भाद्र २६ गते शुक्रबार बाट शुरू हुने जानकारी गराइएको छ।  उक्त सुचनामा सो सडक निर्माणका क्रममा सडक अबरुद्ध हुन सक्ने हुँदा सडक प्रयोग कर्ताहरूले बैकल्पिक सडक प्रयोग गरि निर्माण कार्यमा सहयोग गरिदिन  अनुरोध गरिएको छ।

तपाइँको प्रतिक्रिया ।