Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118994875_363995608315847_7304087622052366306_n-scaled-e1599701962572.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/118891195_3152963204826424_3777278856112855096_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119063148_1259332677753096_4651947737599860758_n-e1599702073506.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइ द्वारा आयोजित आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, भाद्र २५ ।गोकर्णेश्वर नगरपालिका माकलबारीमा आकस्मिक रक्तदान सम्पन्न भएको छ। सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहदै आएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइले  बुधबार माकलबारी स्थित लायन्स प्रतिक्षालय मा संयुक्त रुपमा  आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेका हुन्।

लायन्स क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना  गरिएको लायन्स क्लब अफ काठमाडौं थर्ड आईका प्रेसिडेन्ट तथा जोन चियरपर्सन लाइन राजेन्द्र कोइरालाले जानकारी गराए । रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य सहित  कार्यक्रम आयोजना गरेको  प्रष्ट पारे ।

कोरोना महामारीका सरकारले लागु गरेको निषेधाज्ञाका कारण स्वास्थसंस्थाहरुमा रगतको अभाव बढ्दो क्रममा छ,  सोहि रगत अभाबलाइ केहि भए पनि पूर्ति गर्न सहयोग पुगोस भन्ने उदेश्यले आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन  भएको सो रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझीले  बताए ।हिमाल रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा करिब ५० जनाले रक्तदान गर्न नाम दर्ता गरे पनि स्वास्थ्य लगायत विभिन्न कारणले गर्दा ३० जनाले मात्र रक्तदान गरेको उनले जानकारी गराए ।

कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा, जी एम टि  लायन धर्म शरण श्रेष्ठ, जोन चियरपर्सन  भरत शर्मा  एरिया लिडर लायन अच्युत बिष्ट लायन सुरेन्द्र प्रकाश बालय,  लायन बिष्णु लामिछाने,  लायन उमेश ढुंगाना ,लायन ठण्डराज ठकुरी  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।विभिन्न सामाजिक कार्य गर्दै आएका लायन्स क्लवहरूले  प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस् भनेर रक्तदान लगायतको सामाजिक तथा मानवीय सेवा गर्दै आइरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।