ओखलढुंगाको जिल्ला सदरमुकाममा जिप दुर्घटना ,पांच जना घाइते

ओखलढुंगाको जिल्ला सदरमुकाममा जिप दुर्घटना ,पांच जना घाइते

कपन अनलाइन

ओखलढुंगा ,भाद्र २४ ।

ओखलढुंगाको जिल्ला सदरमुकाम स्थित खाद्य संस्थान नजिकै बोलेर जिप दुर्घटना हुदाँ सवारी पाँचजना घाईते भएका छन् । खाद्य संस्थानबाट चामल लिएर बर्णालु तर्फ फर्कदै गरेको बा २० च ६६०० नम्बर बोलेर जिप दुर्घटना हुदाँ ५ जना घाईते भएका हुन् ।

घाईते हुनेमा सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० बर्षिय फुर्लामु शेर्पा,३७ बर्षिय निम्पूटी शेर्पा,३२ बर्षिय लाकी शेर्पा,२८ बर्षिय फुर्लाकी शेर्पा र बर्ष ३० का डोल्मा शेर्पा रहेका छन् ।  घाईतेहरुको ओखलढुंगा सामुदायीक अस्पतालमा उपचार भैरहेको र उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेका ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जनकारी दिएका छन  ।

बलेरो खाद्य संस्थान नजिकैको मोडबाट करिब ५० फिट तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाई छ । दुर्घटनापछि सवारी चालक मोलुङ गाउँपालिका ८ रागादीपका च्याङबा शेर्पालाई समेतलाई प्रहरीलाई अस्पताल पठाएको छ ।फोटो सौजन्य :ओखलढुंगा आफ्नो एफ एम

तपाइँको प्रतिक्रिया ।