बुढानीलकण्ठ नगरपालिकामा वडा नं १० का दस सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिकामा वडा नं १० का दस सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र २४।

बुढानीलकण्ठ नगरपालिकामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  वडा नं १० का  दश जना संक्रमितहरु सहित कुल १२ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म नगरपालिकाभित्र कोरोना संक्रमित पष्टि भएकाहरुको कुल संख्या ३०७ पुगेको छ। आज भेटिएका संक्रमितहरुमा वडा नं ९ न्यू कोलोनीका  ५१ वर्षिया एक पुरुष र २८ वर्षिया एक महिला र वडा नं १० साततलेका  ५ वर्षिया एक बालक, ६ वर्षिया एक बालिका, ३३ वर्षिया एक पुरुष, ३२ वर्षिया एक महिला, नारायण चोकका   ३६ वर्षिया एक पुरुष र ८ वर्षिया बालक, मिलनचोकका ८० वर्षिया एक महिला, ३६ वर्षिया एक पुरुष, बालुवाखानीका ३४ वर्षिया एक पुरुष, एकताबस्तीका ३६ वर्षिया एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

हालसम्म निको हुनेको कुल संख्या १३३ जना रहेको छ। त्यस्तै सक्रिय संक्रमित संख्या ७१ महिला र १०० जना पुरुष गरि कुल १७१ रहेका छन्। साथै हालसम्म मृत्यु हुनेहरुको संख्या तीन पुगेको छ।

तपाइँको प्रतिक्रिया ।