बुढानीलकण्ठ नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र २१।

बुढानीलकण्ठ नगरपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज प्राप्त नतिजा अनुसार वडा नं ३ नारायणस्थान ११ वर्षिया एक पुरुष, ९ वर्षिया एक महिला र १३ वर्षिया एक महिलामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ४ पासिकोट ४२ वर्षिया एक पुरुष, २७ वर्षिया एक महिला र १८ वर्षिया एक महिलामा संक्रमण देखिएको छ।

भाद्र २१ गते  वडा नं ८ गोल्फुटारट ४३ वर्षिया एक महिला, ४९ वर्षिया एक पुरुष, हात्तिगौँडा ४८ वर्षिया एक पुरुष र बास्केटवल   ३७ वर्षिया एक पुरुषमा र वडा नं ९ मण्डिखाटारका  ५० वर्षिया एक पुरुषमा पनि संक्रमण देखिएको छ।

त्यस्तै  वडा नं १० बालुवाखानीबाट १९ वर्षिया एक पुरुष, मिलनचोककी  ४८ वर्षिया एक महिला र निलोपुल ३९ वर्षिया एक महिला र वडा नं ११ पैयाटार २७ वर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ।

बुढानिलकण्ठ नगरपालिकामा  हालसम्म कोरोना संक्रमणबाट निक हुनेको संख्या ८१ रहेको छ भने सक्रिय रहेका व्यक्तिको संख्या १८० जना रहेका छन्।

भाद्र १७ गतेका दिन बूढानीलकण्ठ वडा नं ३ मा रहेको स्वास्थ्य चौकीमा नजिकका सम्पर्कमा रहेका र जोखिम वर्गमा पर्ने २४४ जना व्यक्तिहरुको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएका मध्ये २०१ जना व्यक्तिहरुको नतिजा नेगेटिभ र १७ जना व्यक्तिहरुको नतिजा पोजेटिभ रहेको छ।

साथै मिति २०७७ भाद्र १९ गतेका दिन वडा नं ९ को वडा कार्यालय र वडा ११ को वडा कार्यालयमा संकलित कुल २०३ जनाको स्वाब टेकु प्रयोगशालामा पठाइएका मध्ये हालसम्म ७६ जनाको नतिजा नेगेटिभ प्राप्त भएको नगरपालिकाको जनस्वास्थ्य शाखाले जानकारी दिएको  छ।

तपाइँको प्रतिक्रिया ।