सुदूरमा अखण्ड पक्षधरको फेरि बन्द
अखण्ड सुदूर पश्चिमको माग गर्दै फेरि आजबाट अखण्ड पक्षधरले बन्द आह्वान गरेका छन्। लगातार २१ दिन बन्दपछि सरकारसँग भएको वार्तालाई माओवादी अध्यक्ष पुष्प
कलम दाहालले लत्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रेको जनाएका छन्। हिजो थारुसँग जातीय राज्य दिने सहमतिलगत्तै सुदूर पश्चिममा बन्दको आह्वान भएको हो।
दाहालसहितका नेताले अखण्ड सुदूर पश्चिमको माग गर्दै आन्दोलनरत समूहसँग सेती-महाकाली नटुक्र्याउने र परेमा जनमत संग्रहमार्फत निर्णय गर्ने आश्वासन दिएका थिए। साता नवित्दै आश्वासनविरुद्ध गएर सहमति गरेकोमा उनीहरु आन्दोलित भएका हुन्। आज रिक्सा चलाउन र मेडिकल खोल्नसमेत रोक गरिएको छ। कैलाली ठप्प हुँदा सुदूर पश्चिमको जनजीवन फेरि पूर्ण प्रभावित भएको छ।
हिजोसम्म थारुको बन्दले यहाँको जीवन प्रभावित थियो।
तपाइँको प्रतिक्रिया ।
