वैद्य पक्षबाट माओवादी बैठक वहिष्कार, प्रधानमन्त्रीले कुर्सी नछोड्ने

राजनीतिक दलहरुसंग सम्झौता गर्दै काम भने अर्कै गर्दै आएको एकीकृत माओवादीले आज पनि नेपाली कांग्रेस र एमालेलाई संविधान सभाको म्याद र प्रधानमन्त्रीको राजीनामाका सम्बन्धमा कठोर जवाफ फर्काएको छ ।
संविधानसभालाई प्रधानमन्त्रीको राजीनामासँग जोडेर ती दुई दलले बार्गेनिङ्ग गरिरहेको आक्षेप लगाउदै एकीकृत माओवादीले संविधानका विवादित बिषयमा सहमति नभएसम्म प्रधानमन्त्री डाक्टर बाबुराम भटटराईले राजीनामा नदिने अडान राखेको छ ।
सरकारले संविधान सभाको म्याद तीन महिना थप गर्ने प्रस्ताब संसद सचिबालयमा दर्ता गराएपछि उत्पन्न पछिल्लो परिस्थीतिका बारे छलफल गर्न बिहिवार बिहान बसेको माओवादी स्थायी समिति वैठकले यस्तो निष्कर्ष निकालेको हो ।
प्रचण्ड निवास लाजिम्पाटमा बसेको वैठकमा एमालेले उठाएको संबिधान सभाको म्याद थप्ने बिषयमा प्रधानमन्त्रीको राजिनामा र कांग्रेसले जेठ १४ भित्रै सहमति गरी संबिधान जारी गर्नु पर्ने भन्दै लिएको अडानका बिषयमा छलफल केन्द्रित रहेको रहेको थियो ।
वैठकले पाँच बुँदे सहमति पालना गर्न माओवादी पछि नहटेको भन्दै विवादित बिषयमा सहमति भएर संविधान जारी भए पाँच बुँदे सहमति अनुरुप प्रधानमन्त्रीले राजीनामा दिने पनि प्रष्टाएको छ । काँग्रेस एमाले सहमतिमा पनि नआउने अनि संविधानसभालाई राजीनामासँग बर्गेनिङ्ग गर्नु सत्ताका लागि मात्र भएको वैठकले निष्कर्ष निकालेको थियो ।
वैठकपछि माओवादी स्थायी समिति सदस्य वर्षमान पुन अन्नतले सहमतिका लागि माओवादीले दलहरुसँग प्रयत्न जारी राख्ने र सकेसम्म सहमति मै जेठ १४ भित्र संविधान जारी गर्न वैठकले जोड दिएको जानकारी दिनुभयो ।
यद्यपी माओवादीको यो निर्णयमा उपाध्यक्ष मोहन वैद्य पक्षको सहमति छैन । बैद्य पक्षले बैठक नै वहिष्कार गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।