गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको शंख्यामा तिव्र वृद्धि
कपन अनलाइन
काठमाडौं ,भाद्र ११।
गोकर्णेश्वर नगरपालिका भित्र केहि हप्ता यता कोभिड १९ अर्थात कोरोना संक्रमितको संख्या अत्याधिक बढेको छ । दसौ दिन अघि सम्म ५-६ जना सक्रिय संक्रमित रहेको नगरपालिकामा १०-१२ दिन पछीको अन्तरालमै सक्रिय संक्रमितको संख्या ५ दोब्बरले बढेको पाइएको छ। भाद्र ९ २०७७ को तथ्यांक अनुसार नगरपालिका भरि ३३ जना सक्रिय कोरोना संक्रमित भेटिएको नगरपालिकाको स्वाथ्य साखाले जनाएको छ ।
नगरपालिका भरि भेटिएका ७० जना संक्रमित मध्य ३६ जना निको भइ घर फर्केका र १ जनामा मृत्यु पछी संक्रमण देखिएको थियो । हाल सम्म नगरपालिकामा ७० जना संक्रमित भेटिएका छन् र एकजनामा मृत्यु पछी कोरोना संक्रमण देखिएको घटना बाहेक अहिले सम्म कसैले कोरोनाको कारण मृत्यु बरण गर्न परेको छैन । नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार भाद्र ९ गते सम्म ६०० भन्दा बढी संकास्पद र कन्ट्याक्ट ट्रेसिंग मार्फत कोरोना संक्रममित छुट्टाउन पिसिआर परिक्षण गरिएको छ ।
जस्मा गोकर्ण प्राथमिक अस्पतालमा गरिएको स्वाब संकलनमा अहिले सम्मकै सर्बाधिक पोजिटिभ नतिजा आएको छ । कुल ५८ स्वाब संकलन गरिएको उक्त परिक्षणमा १ जना डाक्टर र १ जना स्वास्थ्यकर्मी सहित १८ जनाको पिसिआर पोजिटिभ देखिएको थियो ।जसमा समुदाय स्त्तरमै कोरोना सरेको प्रस्ट देखिन्छ ।
नगरपालिकामा वडा स्तरमा हेर्ने हो भने अहिले सम्म अत्याधिक संक्रमित भेटिएको वडा नम्बर ६ वडा हो ।जहा १६ पुरुष र ३ महिला सहित जम्मा १९ संक्रमित भेटिएका छन्। यसैगरी वडा नम्बर ५ मा १३ पुरुष र ५ महिला गरि कुल १८ जनामा संक्रमण देखिएको छ । समुदायमा मै कोरोना भने ४ नम्बर वडामा देखिएको छ । जहा संक्रमितको परिवार अनि संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ। ४ नम्बरमा ८ पुरुष र ५ महिला गरि १३ जना संक्रमित भेटिएका छन् ! नगरपालिका कै वडा नम्बर ३ मा भने हालसम्म संक्रमित भेटिएका छैनन् ।