काठमाडौंमा आइसोलेसन केन्द्र संचालन गर्ने अन्तिम तयारीमा बागमती प्रदेस सरकार

काठमाडौंमा आइसोलेसन केन्द्र संचालन गर्ने अन्तिम तयारीमा बागमती प्रदेस सरकार

कपन अनलाइन

काठमाडौँ, भाद्र ११।

काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने बागमती प्रदेस सरकारको योजना अनुरुप त्यसको अध्ययन शुरु गरिएको छ। मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको  थियो।

सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा  सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

सो जिम्मेवारी प्राप्त गरे पश्चात  उनीहरु  उपत्यकामा तत्काल  ५ सय बेडको आइसोलेसनका लागि  स्थान र भवन छनौट गरि केहि दिन भित्रमा नै  संचालन गर्ने तयारीमा जुटेका छन्।

बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भएपनि काठमाडौंमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र छनौट गरि संचालन गर्न लागेको हो।

काठमाडौं उपत्यकाकामा भक्तपुर जिल्लामा बागमती प्रदेस सरकारको भक्तपुर अस्पताल अन्तर्गत खरी पाटिमा आइसोलेसन केन्द्र  रहे पनि काठमाडौं र ललितपुर जिल्लाका  कुनै पनि स्थानमा आइसोलेसन केन्द्र नरहेको अवस्थामा प्रदेस सरकारले सम्भावित स्थानको छनौट गरि आइसोलेसन केन्द्र निर्माण गर्न लागेको हो।

केहि दिनमा नै आइसोलेसन केन्द्र स्थापना गर्नका लागि स्थान छनौट र अन्य व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको टोलि सहित निरीक्षण गर्ने निर्णय गर्दै जिम्मेवारी प्राप्त गरेको टोलीले प्रारम्भिक प्रतिवेदन बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेललाई जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।