बुढानिलकण्ठ स्कुलमा आइसोलेसन केन्द्र बनाउने तयारी
कपन अनलाइन
काठमाडौं , भाद्र ११।
बुढानिलकण्ठ नगरपालिकामा रहेको बुढानिलकण्ठ स्कुलमा आइसोलेसन केन्द्र स्थापनाको तयारी थालिएको छ। काठमाडौं उपत्यकामा एकीकृत आइसोलेसन निर्माण गर्नका लागि उपयुक्त स्थान र क्षेत्र छनौट गर्ने क्रममा सो विद्यालयको निरीक्षण गरिएको हो।
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहित बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल ,नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी , नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल , वडा नं ५ का अध्यक्ष विजय तामांग ,नगरपालिकाका इन्जिनियर र संचारकर्मी लगायतले उक्त विद्यालयको संरचना निरीक्षण गरेका थिए।
विद्यालयका प्रधानाध्यापक,प्रसासक सहितको उपस्थितिमा सो विद्यालय क्षेत्रमा प्रयोग गर्न सकिने भवन र निर्माण गर्नुपर्ने संरचनाका वारेमा छलफल गरे पश्चात आइसोलेसन केन्द्र निर्माणका लागि आवस्यक तयारी शुरु गर्ने तयारी गरिएको हो।