कोरोना बाट त्रसित नभई स्वास्थ्य सुरक्षा साबधानी अपनाउन शंखरापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अनुरोध

कोरोना बाट त्रसित नभई स्वास्थ्य सुरक्षा साबधानी अपनाउन शंखरापुर नगरपालिका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अनुरोध

कपन अनलाइन

काठमाडौं, भाद्र १०। शंखरापुर नगरपालिका कि उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले नगर बासीलाई कोरोना बाट त्रसित नभई आवश्वयक सुरक्षा मापदण्ड पालन गर्नको लागि अनुरोध गरेकी छिन। उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी बाट उपत्यका लगायत शंखरापुर नगरपालिका पनि अछुतो रहन नसकेको बताउदै नगरपालिकालाइ कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित  भेटिएको बताइन ।

 कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएकी छिन् । उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको बताएकी हुन्  ।

उनले सक्रमितलाइ समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक भएको बताउदै   यदि कोहि संक्रमित भई हाले पनि संक्रमित र निजको परिवारलाइ घृणाको दृष्टिले नहेर्न उनले  अनुरोध गरेकी छिन्  ।

सामाजिक दूरी कायम गर्ने, बारम्बार हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउनेजस्ता कुरामा झन् धेरै ध्यान दिनुपर्छ,” उप प्रमुख श्रेष्ठले भनिन ।, कोरोना रोकथामको लागि सरकारले लगाएको निषेधाज्ञा पूर्ण रुपमा पालना गर्न अत्यावश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन उनले अनुरोध गरेकी छिन ।

जोखिम बढे संगै अब नागरिकहरूले पहिले भन्दा पनि बढी सतर्क हुने र कुनै पनि लक्षण देखिनेबित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गइहाल्ने अवस्था आएको  पनि उनि बताउछिन्  ।उनले अहिले लापरवाही गर्ने समय नभएको भन्दै सानो भूलले ठूलो समस्या पर्न सक्छ,त्यसैले पहिले आफैं सचेत बन्न र  अरुलाई समेत  सचेत गराउन उनले अपिल गरेकी हुन् ।

तपाइँको प्रतिक्रिया ।