बुढानिलकण्ठ नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गर्ने

बुढानिलकण्ठ नगरपालिकाले ५० बेडको आईसोलेसन तयार गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ९।

बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठकले नगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखि ५० बेडको आईशोलेसन तयार गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालीका वडा नं. १० स्थीत डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाइन भवन र  वडा नं २ स्थीत बीएमसीएमा पनि आइशोलेसन बनाउन लागिएको निर्णय गरेको छ । त्यस्तै  आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागी उप प्रमुख  रमादेवी राईको नेतृत्वामा एक समिति समेत निर्माण गर्ने उक्त बैठकले निर्णय गरेको छ।

सो  कार्यपालिका बैठकले होम आइसोलेसनलाई व्यवस्थीत गर्न वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा रहने गरी ३ सदस्यीय एक संक्रमीत वरावर एक व्यवस्थापन समित निर्माण गर्न लागेको हो । उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्य कर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने छ भने  आइसोलेसन सहयोगि सन्क्रमित को आबश्यकता र सरसल्लाहमा तोकिने निर्णय गरेको छ   ।

त्यस्तै उक्त बैठकले  होम आइसोलेसनमा रहने संक्रमीतलाई नगरपालिकाले पोषण सुरक्षा वापत रु. ४,००० र  एक भन्दा बढी संक्रमीत रहेको परिवारलाई पोषण सुरक्षा वापत रु ६,००० एकमुष्ट प्रदान गरिने छ भने संक्रमीतको सहयोगीलाई प्रोत्साहन स्वरुप प्रति परिवार रु २,००० दिने निर्णय गरेको छ ।

वडामा यस अघि सञ्चालनमा आएको क्वारेन्टाइनलाई व्यवस्थीत रुपमा सञ्चालन गर्ने र क्वारेन्टाइन निर्माण नभएको वडामा क्वारेन्टाइन स्थल छनौट गरी तत्काल सञ्चालनमा ल्याउने निर्णय गर्दै  सो बैठकले कोभिड १९ को कारणले गर्नुपरेको वन्दावन्दी तथा निशेधाज्ञाको समयमा सुरक्षाकर्मीको भुमिकालाई मध्यनजर गरी बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र खटिने प्रहरीहरुलाई प्रति व्यक्ति रु १,००० प्रोत्साहन भत्ता उपलब्ध गराउने  पनि निर्णय गरेको छ ।

साथै नगरपालीकाको स्वास्थ्य सुरक्षामा खटिनुहुने अग्रमोर्चाका  स्वास्थ्यकर्मिलाई ७५ प्रतिशत तथा निशेधाज्ञाको समयमा कार्यलयको आवश्यक्ता अनुसार खटिनुहुने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने समेत निर्णय गरेको छ ।

हालसम्म बुढानिलकण्ठ नगरपालिका भित्र १००९ जनाको पिसिआर टेस्ट गरिएको छ भने जम्मा संक्रमीतको संख्या १३० पुगेको  जानकारी दिदै नगर प्रवक्ता नवराज भट्टराईले मंगलबार बुढानिलकण्ठ नगरपालीकाको ४ स्थानबाट ४०० जनाको पिसीआर टेस्ट गर्ने समेत बैठकले निर्णय गरेको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।