बुढानिलकण्ठ नगरपालिका कोरोना नियन्त्रणका लागि गम्भीर र सचेत छ : उद्दव प्रसाद खरेल

बुढानिलकण्ठ नगरपालिका कोरोना नियन्त्रणका लागि गम्भीर र सचेत छ : उद्दव प्रसाद खरेल

कपन अनलाइन

काठमाडौं ,भाद्र ९।

बुढानिलकण्ठ नगरपालिका कोरोना नियन्त्रणका लागि गम्भीर र सचेत रहेको नगरप्रमुख उद्दव खरेलले बताएका छन।प्रदेस सभा सदस्य निरौलाको संयोजनमा भएको  बुढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्यहरुको बैठकमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कार्यहरुका वारेमा भएको छलफलमा प्रमुख खरेलले दैनिक रुपमा संक्रमित बढ्दै गएको प्रति निकै गम्भीर रहेको भन्दै यसको नियन्त्रणका लागि वीसेश योजना निर्माण गरेर प्रभावकारी कार्यान्वयन गर्ने बताएका थिए।

यसमा नगरपालिकाले तत्काल उपलव्ध स्थान र अन्य बैकल्पिक क्षेत्रमा पूर्वाधार युक्त आइसोलेसन केन्द्रको निर्माण गर्ने जानकारी दिदै नगरप्रमुख खरेलले  आइसोलेसन निर्माण गर्न  “मेयर फोरम” वाट  सहयोग हुने बताएका थिए।

नगरपालिकामा रहेको  स्वास्थ्यकर्मी सहितको स्वयंसेवक टोलीले  होम आइसोलेसनमा बसेका विरामीलाई घरमै गएर प्रोत्साहन र हौसला दिदै पोषिलो  आहारको  व्यबस्था गरेको र  जानकारी दिदै प्रमुख खरेलले  प्रदेश सरकारबाट आउने सहयोगलाई आइसोलेसनमा सदुपयोग गरी ई सर्वसुलभ रुपमा उपचार तथा सेवा  दिने प्रतिवद्धता व्यक्त गरेका थिए।

प्रकोप नियन्त्रण र रोकथाम संगै तालिका अनुसार विकास निर्माणको काम निरन्तर अगाडी बढाउने योजना रहेको बताउदै प्रमुख खरेलले जनताको स्वास्थ्य संग कुनै खेलवाड नगर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।

उक्त बैठकमा प्रदेस सभा सदस्य निरौला ,बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख रमा राई,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।