कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९६ पुग्यो

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९६ पुग्यो

कपन अनलाइन

काठमाडौं, भाद्र ९। कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या ९६ पुगेको नगरप्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन्। उनले २०७७ साल भाद्र ५ गते गरेको १२६ जनाको  पिसीआर परिक्षण गराएको मा १२० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी गराउदै दुइ जनाको रिपोर्ट आउन बाँकी भएको उल्लेख गरेका छन् ।

उनले १२६ जना मध्ये  कागेश्वरी मनोहरा ५ कि एक महिला, कागेश्वरी ७ का एक पुरुष र कागेश्वरी ९ कि एक महिलामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी गराए। यो संगै कागेश्वरी मनोहरा नगरपालिकामा ३३ जना महिला र ६३ जना पुरुष गरि कुल संक्रमितको संख्या ९६ पुगेको उनले जानकारी गराए । उनले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै दिद्नुदीन बढ्दै गएको कोरोना भाइरस रोकथामको लागि नागरिक आफै सचेत हुनुपर्नेमा जोड दिएका छन्। उनले कोरोना रोकथामको लागि नगरपालिकाको प्रयास जारी रहेको त्यसमा सबैको साथ र सहयोग समेत आवश्यक भएको बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना  संक्रमित पहिचानका गर्नका लागी गरेको पिसी आर परिक्षण बाट पोजेटिभ देखिएका तर कुनै लक्षण नदेखिएका संक्रमितरू लाई सबैभन्दा राम्रो होम आइसोलेसननै भएकोर कुनै पनि लक्षण नदेखिएकाको हकमा १४ दिन आइसोलेसनमा बसे पश्चात नेगेटिभ  नआएओअनी एक बाट अर्को मा नसर्ने भनि WHO ले प्रमाणित गरेको भनि बिज्ञहरुको भनाइ आएको उनले बताए।

तसर्थ छिमेकमा कसैलाई  कोरोना पोजेटिभ देखिदैन आत्तिनु नपर्ने  र उनीहरुलाई हेयको दृष्टिले हेर्न नहुने भन्दै  कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न  संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।उनले कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना पोजेटिभ  देखिएका तर लक्षण नदेखिएका बिरामीहरुलाई मुलपानी नगर अस्पतालमा आइसोलेसनमा १४ दिन सम्म निशुल्क सेवा प्रदान शुरु गरिएको पनि उनले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।