कोरोना प्रकोप नियन्त्रणका लागि जनप्रतिनिधि र स्वयंसेवकहरुको प्रभावकारी परिचालन गरौ:दिपक निरौला

कोरोना प्रकोप नियन्त्रणका लागि जनप्रतिनिधि र स्वयंसेवकहरुको प्रभावकारी परिचालन गरौ:दिपक निरौला

कपन अनलाइन 

काठमाडौं ,भाद्र ९।

काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले बुढानिलकण्ठ नगरपालिकाले कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि जनप्रतिनिधि र स्वयंसेवकहरुको प्रभावकारी परिचालनको योजना निर्माण गर्नुपर्ने बताएका छन।

प्रदेस सभा सदस्य निरौलाको संयोजनमा भएको  बुढानिलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्यहरुको बैठकमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कार्यहरुका वारेमा छलफल गरिएको थियो।

प्रत्येक वडाका सदस्यहरुको संयोजनमा भौगोलिक क्षेत्र विभाजन गरेर स्वयंसेवक ,सचेतना,आपतकालीन सहयोग लगायतका समिति निर्माण गरेर अगाडी बढ्न सुझाव दिदै  प्रदेस सभा सदस्य निरौलाले तत्काल आइसोलेसन केन्द्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।

कोरोना प्रकोप नियन्त्रण र रोकथामका लागि नगरपालिकालाई सहयोग गर्न बागमती प्रदेस सरकार तयार रहेको जानकारी दिदै निरौलाले नगरपालिकामा उपलव्ध स्वास्थ्य केन्द्र,अस्पताल र अन्य संरचनालाई उपयोग गर्दै कम्तिमा ५० बेडका दुई वटा मेडिकल प्रतिनिधि सहितको  आइसोलेसन वार्ड निर्माणको काम अगाडी बढाउन आग्रह गरेका थिए।

कोरोना प्रकोप नियन्त्रणमा सचेतनामुलक कार्यहरुलाई निरन्तरता दिनुपर्ने धारणा राख्दै प्रदेस सभा सदस्य निरौलाले सो संगै विकास निर्माण र अन्य योजनाहरुलाई पनि संगै लैजानुपर्ने बताएका थिए।

उक्त बैठकमा प्रदेस सभा सदस्य निरौला ,बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा ,वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।