सिन्धुपाल्चोकका पहिरो पिडितको व्यवस्थापनका लागि तिनै तहका सरकारले काम शुरु गर्ने

सिन्धुपाल्चोकका पहिरो पिडितको व्यवस्थापनका लागि तिनै तहका सरकारले काम शुरु गर्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ९

सिन्धुपाल्चोक जिल्लाका पहिरोको जोखिममा रहेका बस्तिहरुको स्थानान्तरण र स्थायी व्यवस्थापनका लागि काठमाडौंमा छलफल गरिएको छ सिन्धुपाल्चोक जिल्ला बाट निर्वाचित   सभामुख अग्नि प्रसाद सापकोटाको  संयोजनमा शिंहदरबारमा आयोजित बिपद ब्यबस्थापनका सरोकारवाला विच  छलफल गरिएको हो। 

उक्त छलफलमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पहिरो प्रभावित क्षेत्रमा जीवन निर्वाहको ग्यारेण्टी सहितको पुनर्बासको कार्यक्रम जरुरी रहेको बताएका थिए। श्रोतको भन्दा पनि बिपदमा बाँच्नविवश  जनताको पिंडालाई प्राथमिकतामा राख्ने सोचको अभाव देखेको भन्दै मुख्यमन्त्री पौडेलले तिनै तहको सरकारले गर्ने काम बाँडफाड गरेर आफ्नो तहको सरकारले गर्ने काम पुरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्वता जाहेर गरेका थिए ।  

त्यस्तै सो छलफलमा  गृहमंन्त्रि राम बहादुर थापाले जुरे पहिरो पिडितको पैसा दोहोरो नहोस भनेर रोकिएकोमा त्यो समस्या अब नहुने र संघीय सरकारले बिपदमा परेका सिन्धुपाल्चोकबासीको समस्या समाधान गर्न तीनै तह बीचको संयन्त्र बनाउन आवस्यक रहेको बताएका थिए भने अर्थमंन्त्रि  युवराज खतिवडाले बिपद प्रभावित क्षेत्रमा उद्वार र राहतमा श्रोतको कमि नहोस भन्ने तर्फ सरकार सचेत रहेको बताएका थिए ।

त्यस्तै  भौतिक पुर्वाधार मंन्त्रि  बसन्त नेम्वाङ्ले अरनिको राजमार्गको स्तरोन्नतिलाई  सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिदै  बाढी पहिरो प्रभावीत क्षेत्रमा समन्वात्मकरुपमा संघीय सरकार कृयाशील रहेको बताएका थिए ।

बैठकमा बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा बाताबरण मंन्त्रि अरुण नेपाल, प्रतिनिधि सभा सदस्य  शेर बहादुर तमाङ्,बागमती प्रदेस सभा सदस्य सरेश नेपाल ,  भौतिक मंन्त्रालयका सचिव, राष्ट्रिय पुननिर्माण र बिपद ब्यबस्थापनका प्रमुख कार्यकारी अधिकृत , प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु समेतको  उपस्थिति थियो । 

तपाइँको प्रतिक्रिया ।