शंखरापुर नगरपालिकामा ६ जना कोरोना जितेर फर्किए

शंखरापुर नगरपालिकामा ६ जना कोरोना जितेर फर्किए

कपन अनलाइन

काठमाडौं, भाद्र ८। शंखरापुर नगरपालिकाका १७ जना कोरोना भाइरस संक्रमित मध्ये ६ जना कोरोना जितेर  भइ घर फर्किएका छन।शंखरापुर नगरपालिकाका नगर प्रमुख  सुबर्ण श्रेष्ठले नगरपालिकामा कुल १७ जना मध्ये ६ जना निको भएको जानकारी गराउदै अन्य अझै उपचारको क्रममा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए ।

कोरोना भाइरसलाइ शंखरापुरमा महामारीको रूप लिन नदिन नगरपालिकाले प्रयास गरि रहेको बताउदै नगर प्रमुख  श्रेष्ठले पि.सी.आर परिक्षणलार्इ प्रत्येक शुक्रबार निरन्तरता दिदै आएको पनि  बताए ।हाल सम्म शंखरापुरमा कोरोना संक्रमण नियन्त्रणमै रहेको र संक्रमितहरू पनि निको हुने क्रम जारी रहेकोले हतास हुन नपर्ने उनले बताए ।

नगरपालिकाको अगुवाइमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासमा नगरबासीको सहयोगले कोरोना भाइरस महामारीलाई  फैलिन नदिन सफलता मिलेको  बताउदै जिल्ला प्रसाशन कार्यालय काठमाडौं द्वारा जारी गरिएको निषेध आज्ञाको पूर्ण पालना गर्न उनले अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।