कोरोना जितेकी श्रेष्ठको सन्देस ‘बलियो आत्मबल र स्वस्थ जीवनशैली संग कोरोना हार्छ ’

कोरोना जितेकी श्रेष्ठको सन्देस ‘बलियो आत्मबल र स्वस्थ जीवनशैली संग कोरोना हार्छ ’

कपन अनलाइन

काठमाडौं ,भाद्र ८/सुमित्रा लुइँटेल

 कोरोना भाइरसको महामारी विश्वव्यापी भइरहेको छ भनेपछिल्लो समय नेपालमा समेत यसको प्रभाव व्यापक बन्दै  गएको छ। नेपालमा कूल कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ भने निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । कोरोना जितेर फर्कने मध्ये  काठमाण्डौ बुढानिलकण्ठ सीता श्रेष्ठ पनि एक योद्धा हुन्।

कोरोना भाइरसको संक्रमणलाई जितेर फर्किएकी बुढानिलकण्ठ नगरपालिका निवासी श्रेष्ठ  गंगालाल हृदय रोग अस्पतालमा कार्यरत रहेकी छन। उनमा   साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्रेष्ठ अस्पतालमा उपचारत बिरामीको सम्पर्कमा आउदा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कीर्तिपुर स्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा बसेकी थिइन्।

आफुलाई कोरोना भाईरस पुष्टि हुँदा शुरुमा  निकै डर लागेको र त्यो बेलामा आफु धेरै आत्तिएको बताउदै  श्रेष्ठले पछी आत्मबल बढेको अनुभव सुनाइन। श्रेष्ठ भन्छिन ‘ पहिले त मलाई कोरोना भाईरसको संक्रमण भएको भन्ने कुराको विश्वास लागेन, तर कोरोनालाई जितेर घर फर्किन्छु भन्ने आत्मविश्वास थियो । ‘सबैको माया र मेरो आत्मबिश्वासले रोगलाई जितेर घर फर्किन पाएँ ।’

संचार माध्यम  बाट सकेसम्म यो महामारीको बेला कोरोना भाइरस रोग सम्बन्धि गलत सुचना सम्प्रेषण नगरिदिन आग्रह गर्दै श्रेष्ठले  समयमा नै अस्पताल भर्ना भएकाले रोगलाई जित्न सकेको बताएकी छन।

उनले आफ्नो उपचारमा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीले राम्रो व्यवहार देखाएको स्मरण गर्दै  सङ्क्रमणका क्रममा डाक्टर र नर्ससहित स्वास्थ्यकर्मीको आत्मीय व्यवहारले आफ्नो आत्मबल बढेको अनुभव गरेको बताएकी छन  ।

श्रेष्ठ भन्छिन,  ‘कोरोनालाई एकदम ठुलो रोग ठानेर आफ्नो आत्मवल कमजोर नबनाउनु होला आफ्नो आत्मविश्वास बलियो बनाएर सुरक्षित रहन आग्रह गर्दछु।’

अस्पताल बसाईको क्रममा हौसला बढाउने र साथ र सहयोग गर्नु हुने सहिद गंगालाल हृदय रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर चन्द्रमणी अधिकारी,  जित बहादुर श्रेष्ठ, भक्त बहादुर श्रेष्ठ तथा सहिद गंगालाल हृदय रोग अस्पतालमा कार्यरत सम्पुर्ण स्टाफहरू प्रति आभार प्रकट गर्दै श्रेष्ठले अस्पतालमा आफूलाई एक्लोपनको महसुस हुन नदिने  सबैलाई धन्यवाद दिएकी छन।

 कोरोना भाइरस  संग लड्न खानपानमा विशेष ध्यान दिन जरूरी रहेको बताउदै श्रेष्ठले  आत्मवल बलियो बनाएर रोग प्रतिरोधात्मक क्षमता बढाउने पोषिलो तथा सन्तुलित खाना नियमित खाने र स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्ने संदेश दिएकी छन।

(सुमित्रा लुइँटेल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।