कोरोना सङ्क्रमितलाइ समाजले हेयका दृष्टिले हेर्ने सोचाइ परिवर्तन गर्न आवश्यक छ:नगर प्रमुख सुवर्ण श्रेष्ठ (शंखरापुर नगरपालिका)

कोरोना सङ्क्रमितलाइ समाजले हेयका दृष्टिले हेर्ने सोचाइ परिवर्तन गर्न आवश्यक छ:नगर प्रमुख सुवर्ण श्रेष्ठ (शंखरापुर नगरपालिका)

कपन अनलाइन

काठमाडौँ, भाद्र ८। शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकामा कोरोनाको अवस्थाको बारेमा जानकारी  गराएका छन ।उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी बाट उपत्यका लगायत शंखरापुर नगरपालिका पनि अछुतो रहन नसकेको उनले बताए। उनले केहि साता अघि  देखि शंखरापुर नगरपालिकामा पनि संक्रमितहरुको संख्या बढेको बताउदै  नगरपालिकालाइ कोरोना मुक्त नगर बनाउनको लागि प्रयास जारी राख्दा राख्दै पनि केहि मानिसहरुमा संक्रमित  भेटिएको बताए ।

उनले शंखरापुर नगरपालिका भित्र अग्रमोर्चामा काम गर्नेहरुलाइ आर डीटि र पिसी आर दुवै परिक्षण गराएको स्मरण गर्दै उनले आर डीटि परिक्षण प्रभावकारी नहुने भन्ने भए पछि सो लाइ बन्द गरेको र पिसीआर परिक्षणलाइ प्रभाबकारी ढंगले अघि बढाइएको बताए।

 उनले पिसिआर परिक्षण गर्दा शुरुमा शंखरापुर नगरपालिका वडा नं ९ मा  १ जनामा देखिएको र उसको ट्राभल हिस्ट्री समेत नभएको पत्ता लागेको बताउदै सो व्यक्तिको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिंग गर्दा उसको परिवारका थप  २  जनामा संक्रमण फेला परेको जानकारी गराए  उनले त्यसपछि शंखरापुर नगरपालिका भित्र मोटरसाइकल वर्कशपमा काम गर्ने १जना जो ब्यक्ति बाहिर बाट आएका थिए उनमा कोरोना पोजेटिभ देखिए संगै आइसोलेसनमा राखेको र  कन्ट्याक्ट ट्रेसिंग मार्फत  अन्यको पिसीआर परिक्षण गराएको र त्यसको  आधारमा  ५ /६ जनामा संक्रमित देखिएको जानकारी गराए ।

उनले अहिले सम्म शंखरापुर नगरपालिकामा  ५७५ जनाको  आर डीटि परिक्षण गरेको र पिसीआर ५३३ जनाको गराएको जानकारी गराउदै हाल सम्म नगरपालिकामा संक्रमितको शंख्या१७ जना रहेको बताए। १७ जना संक्रमित मध्ये ३ जना बाहिर जिल्लाको र बाँकी १४ जना स्थानीय रहेको बताउदै त्यस मध्ये कोरोना जितेर फर्कनेको संख्या  ६  जना रहेको उनले जानकारी गराए ।

उनले अहिले सम्म शंखरापुर नगरपालिकामा कोरोना बाट मृत्य बरण गर्न नपरेको जानकारी गराए। उनले कोरोना पोजेटिभ देखिएकाहरुको अवस्था सामान्य रहेको पनि जानकारी गराए।उनले शंखरापुर नगरपालिकामा थप संक्रमित नहोस भनेर बिभिन्न सचेतनाका कार्यक्रम अघि सारेको जानकारी गराए।  उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नको लागि नगरपालिकाले हर सम्भब प्रयास जारी राखेको उनले बताए।

उनले कोरोना संक्रमितलाइ समाजले हेर्ने  हेला सामाजिक बहिस्कार गर्ने  जस्ताकार्य बन्द गरि संक्रमितलाइ समाजले हेन्रे  दृष्टिकोणमा समेत परिवर्तन गरि उनीहरुको मनोबल उच्च राख्नलाइ बिभिन्न कार्यक्रम  गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।   उनले कोरोना जो सुकैलाई लाग्न सक्ने हुँदा सद्द्भाब कायम गर्न  संक्रमितलाइ माया स्नेह प्रदान गरि उनीहरुको मनोबल उच्च बनाउने कार्य गर्नु पर्नेमा जोड दिएका छन।उनले वडा वडामा कोभिड सक्रमितको अवस्था हेरर स्वयं सेवक दस्ता बनाउने काम अघि बढाएको बताउदै  नेपाल सरकारले जारी गरको निषेधाज्ञाको पालना गर्दै थप आवश्यक कार्यक्रम अघि बढाउने बताए ।

दिनदिने उपत्यकामा संक्रमणको संख्या बढिरहेको अवस्थामा शंखरापुर नगरपालिका भित्र पनि आइसोलेसन बनाउनु पर्छ भनेर लागि परेको पनि जानकारी गराए। उनले हालको लागि सुष्मा मेमोरियल अस्पतालमा २० बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको जसमा तीन वटा भेन्टिलेटर तयारी अवस्थामा राखिएको, त्यसै गरि पिपुल्स लाइफ केयर अस्पतालमा ८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको  जानकारी गराउदै शंखरापुर नगरपालिकाको वडा नं ९मा नगरको प्रस्तावित नगर अस्पतालमा २५ वटा बेड तयार गर्ने गरि अगाडी बढाइएको पनि बताए  ।

उनले कोभिड संक्रमितहरुको लागि एउटा एम्बुलेन्स समेत चालु अवस्थामा राखेको जानकारी दिदै कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन-प्रति दिन बढ्दै गईरहेको अवस्थामा यसको न्युनिकरणका लागि जनता आफैं सचेत हुनु पर्नेमा जोड दिएका छन् ।

 उनले सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने बताउँदै सबै नागरिकहरु आफै सचेत र सजग हुन आवश्यक रहेको  बताए ।उनले कोरोना जोखिम न्यूनीकरणका लागि विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका  मापदण्ड  सबैले आ आफ्नो ठाउ बाट पालना गर्न समेत वडा बासीलाइ अनुरोध गरेका हुन्  । उनले भौतिक दुरी कायम गर्न,मास्क लगाउन र अनावश्यक भेटघाट बन्द  गर्न समेत  अनुरोध गरेका छन  ।

 

तपाइँको प्रतिक्रिया ।