विनायक सिद्ध कलेज चाबहिलको “अनलाइन तिज नृत्य प्रतियोगिता २०७७”  सम्पन्न

विनायक सिद्ध कलेज चाबहिलको “अनलाइन तिज नृत्य प्रतियोगिता २०७७”  सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र ७  ।

विनायक सिद्ध कलेज चाबहिलको आयोजनामा भएको  अनलाइन तिज नृत्य प्रतियोगिता २०७७  सम्पन्न भएको छ ।उक्त प्रतियोगिताको  फाइनल भाद्र ५ गते इमेल मार्फत  प्राप्त भएका भिडियोहरुलाई निर्णयकहरुले हेरेर बिजयी घोषणा गरेका हुन्   ।

उक्त फाइनल कार्यक्रममा निर्णायक समुहमा बरिस्ठ नृत्य निर्देशक तथ बज्रयोगिनि म्युजिक एण्ड डान्स एकेडेमीका निर्देशक महेश गोदार,नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाका सचिव चुडामणि फुयाल र शिखर छाहारी संस्कृतिक कला केन्द्रकि नृत्य निर्देशक दक्षिणा लामा रहेका थिए ।

सो प्रतियोगितामा  पुष्पलाल मेमोरियल मावि  कपनकी  छात्रा समृद्धि रुमदाली प्रथम ,चाल्स डार्विन एकेडेमी नयाँबस्तिकि छात्रा प्रसुना तामाङ द्वितीय र सृजना ज्ञान सागर स्कुल बालाजुकि छात्रा मनिता गुरुङ तृतीय भएका छन ।

कोभिड -१९ का कारण  घरमा फुर्सदको समयको सृजनात्मक  सदुपयोग गर्दै आफ्नो कला प्रस्तुत गर्नका लागि  उक्त कार्यक्रमको आयोजना गरिएको कुरा क्यापस प्रमुख रामकृष्ण सिमखडाले बताएका छन। विद्यार्थीहरुको शैक्षिक र सृजनात्मक विकास गर्ने उदेश्यले  आयोजना गरिएको सो प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिएका छन।

प्रथम, द्वितीय र तृतीय स्थान हुन सफल छात्रालाई विनायक सिद्ध कलेजमा कक्षा ११ मा भर्ना गर्दा क्रमश १००%,७५%र ५०% छुट दिनुका साथै नगद पुरस्कार ५०००,३०००,र २००० का साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै गरि विनायक सिद्ध कलेजमा अध्ययनरत छात्राहरु बिच अनलाइन तिज नृत्य प्रतियोगिता पनि भएको थियो ।उक्त प्रतिस्पर्धामा कलेजको तर्फबाठ छात्रा क्रमश मिङमा शेर्पा ,लक्ष्मी शाही ठकुरी ,लभ्लि बिष्ट मगर प्रथम ,द्वितीय र तृतीय हुन सफल भएका छन।विजयीहरुलाई पुरस्कार जनही ५०००,३००० र २००० र प्रमाणपत्र प्रदान गरिने छ।

कार्यक्रममा बिद्यालयका को -अडिनेटर गणेश बास्तोलाले कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।