गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा दुई जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  दुई जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा  ४३ बर्षे पुरुष र एक ३५ बर्षे महिलामा कोरोना संक्रमण भेटिएको छ । सामान्य ज्वरो आएर पिसिआर परिक्षण गर्दा ४ गते साझ उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

पोजिटिभ रिपोर्ट आए संगै संक्रमितहरुलाई नेपाल मेडिकल कलेज आतरखेलको आइसोलेसनामा राखी उपचार थालिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिएका छन् । संक्रमितहरु संग सम्पर्कमा आएका हरुको छिट्टै कन्ट्याक्ट ट्रेसिंग गरि पिसिआर परिक्षण गरिने पनि वडा अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

यस भन्दा अघि वडा नम्बर ४ मा २ जना संक्रमित भेटिएको र १ जना निको भै फर्केको अनि अर्को एकजनाको भने काठमाण्डौ मेडिकल कलेजमा मृत्यु भएको थियो । यो संगै वडामा संक्रमित हुनेको संख्या ४ पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।