तारकेश्वर मनमैजुमा तीज

तारकेश्वर मनमैजुमा तीज
 कपन अनलाइन 
काठमाडौं ,भाद्र ५ मेनुका कार्की/राज शाही ठकुरी
हीन्दु महिलाहरुले निराहार व्रत बसी हरितालिका तीज आज मनाउदैछन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।
विवाहित महिलाले पतिको दीर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै ब्रत बस्ने गर्दछन् । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यता छ ।
तीजमा महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत र पूजाआजा प्रभावित भएको छ ।
नेपाल पन्चाङ्ग निर्णायक समितिले पनि सरकारको आदेश पालना गर्दै तीज मनाउने दिदीबहिनीले घरमै बसेर तीज मनाउन आग्रह गरेको छ । व्रतका दिन विभिन्न शिवालय जानुको सट्टा घरमै शिव थापेर विधिपूर्वक पूजा गर्न समितिको सुझाव छ ।
पौराणिक कालमा हिमालय पर्वतकी पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन बसेको ब्रतसँग यो हरितालिका तीज जोडिएको पाइन्छ ।
हरितालिका तीजका दिन तारकेश्वरको मनमैजु लगायत काठमाडौं को सबै ठाउँको मन्दिर सुनसान छन् । अघिल्ला वर्षहरुमा भक्तजनहरुको घुइचो लाग्ने मन्दिर कोरोना भाइरसको महामारीका कारण बन्द गरिएका छन ।
(मेनुका कार्की/राज शाही ठकुरी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रसिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।