कोरोना जोखिमका कारण तीजमा जमघट नगर्न गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको अनुरोध

कोरोना जोखिमका कारण तीजमा जमघट नगर्न गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको अनुरोध

कपन अनलाइन

काठमाडौं भाद्र ५। गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले  यस पटकको तीजलाई परिवारमै सीमित गरि सुरक्षित रुपमा  मनाउन आग्रह गरेका छन्। नगर प्रमुख चालिसेले नगरबासीलाई  तीजको शुभकामना दिँदै हरितालिका तीज पारिवारिक मिलन गराउने र र सामाजिक सद्भाव बढाउने पर्व भए पनि यस पटक कोरोनाले प्रभावित बनेकाले परिवारमै मिलेर मनाउन आग्रह गरेका छन्।

‘तीजमा हुने जमघटले जोखिम बढ्ने भएकाले त्यस्ता जमघट नगर्न उनको आग्रह छ। कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको निषेधाज्ञाको  पूर्ण  पालना गर्न अनुरोध गर्दै कोरोना महामारीलाई जितेपछि आगामी वर्षका तीज पुन: पुरानै ढंगले मनाउन सकिने उनले  बताए।

तपाइँको प्रतिक्रिया ।