लायन्स क्लब अफ काठमाडौं दर्पण द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटिको भर्च्युयल मिटिंग सम्पन्न

लायन्स क्लब अफ काठमाडौं दर्पण द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटिको भर्च्युयल मिटिंग सम्पन्न

कपन  अनलाइन

काठमाडौँ, भाद्र ५  सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ काठमाडौं दर्पणको आयोजनामा डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग जुम प्रविधि मार्फ़त भर्चुअल रूपमा सम्पन्न भएको छ।  भाद्र ४ गते बिहिबार भएको सो मिटिंगको अध्यक्षता जोन चियरपर्सन लायन रमेश पराजुलीले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, रहेका थिए भने  बिशेष अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,डिस्ट्रिक फर्स्ट भाइस गभर्नर लायन रेवत बहादुर कार्की ,डिस्ट्रिक सेकेन्ड भाइस गभर्नर लायन कर्मा गुरुङ    क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब डिस्ट्रिकका जी एस टि कोर्ड़ीनेटर लायन दिपेन्द्र सिंखडा ,क्याबिनेट एडिसनल सेक्रेटरी लायन मन्दर शेखर बन्दोपाध्याय, एरिया लिडर अच्युत बिष्ट डिस्ट्रिक चियरपर्सन लायन ठण्ड राज ठकुरी ,जोन XIII रिजन VII र एरिया IV अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं दर्पण ,लायन्स क्लब अफ काठमाडौं एकेडेमिक ,लायन्स क्लब अफ काठमाडौं सेन्चुरी, लायन्स क्लब अफ दिङला  भोजपुर र लायन्स क्लब कलब अफ काठमाडौं गेट वे सहितका क्लब सम्मिलित पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं दर्पण का फर्स्ट भिपी मनोज सुवेदीले   झण्डाको अभिवादन बाचन  गरेका थिए  ।कार्यक्रममा जोन चियर पर्सन लायन  रमेश पराजुलीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले “हामी सेवा गर्छौ” भन्ने नारासंगै सामाजिक सेवा, नेतृत्व विकास र भातृत्व विकास गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेको विश्वकै ठूलो एक मात्र सामाजिक संस्था लायन्स क्लब अन्तरराष्ट्रिय नेपालमा स्थापना भएको ४९ औ बर्ष पुरा गरी ५० औ बर्ष प्रवेश गरेको अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका थिए। कोभिड-19 का कारण उत्पन्न परिस्थितिका कारण एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले Zoom को प्रविधि प्रयोग गर्नु परेको समेत उनले स्पष्ट पारेका थिए ।

कार्यक्रममा जोन XIII अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल समेत  गरिएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।उनले डिस्ट्रिक गभर्नरले १५ लाख   घण्टा सेवाको कार्य गर्ने योजना लाइ सफल बनाउनको लागि सबै जनाले साथ दिनुपर्नेमा जोड दिएका थिए।

उनले कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा आइसोलेसन बेडको अभाब भएको हुँदा लायन्स क्लबले आइसोलेसन निर्माणको लागि जुट्नुपर्ने बताएका थिए।त्यसै गरि कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने प्लाज्मा संकलनको लागि  पहल गर्न अनुरोध गर्दै कोरोना निको भइसकेका व्यक्तिको  रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको उपचारमा सहयोग पुग्ने हुँदा त्यस कार्यमा पनि सहभागी हुन अनुरोध गरेका थिए ।

उनले मानवीय सेवामा जुट्न अनुरोध गर्दै कोरोना संक्रमितहरुको मनोबल बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा समेत जोड दिएका  थिए ।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले विषम परिस्थितिमा पनि जोम प्रबिधिको माध्यम बाट मिटिंग सम्पन्न गरेकोमा जोन चियरपर्सन  रमेश पराजुलीलाइ  धन्यबाद दिदै  मानवता हराउदै गएको आजको समयमा मानव सेवाका कार्य गर्दै समाजमा सकारात्मक संदेश दिनुपर्ने बताए । उनले समस्यामा परेकाहरुलाई  लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए  ।

लायन्स क्लब इन्टरनेसनल प्रेसिडेन्ट डा जोङ यूल चोय ले यस बर्षको नारा United  in Kindness  and Diversityतय गरेको जानकारी गराउदै  उनले कोभिड १९  को माहामारीको कारण इन्टरनेसनल कन्भेन्सन  रद्द भएको कारण फर्स्ट भाइस प्रेसिडेन्ट लायन Haynes H . Townsend को असामयिक निधनका कारण  वर्ष २०२०/२०२१का पनि प्रेसिडेन्ट  भएका डा जोङ यूल चोयको अघिल्लो वर्षको नारा we serve through Diversity र लायन Haynes H . Townsend ले २०२०/२१को लागि कल्पना गरेको  नारा Kindness matters को संयोजनमा यस वर्षको इन्टरनेसनल प्रेसिडेन्ट को नारा United  in Kindness  and Diversity राखिएको जानकारी गराए।  उनले लायन्स क्लब अन्तर्राष्ट्रिय आगामी लायन वर्षका प्राथमिकता कार्यक्रमहरु निम्न रहेको जानकारी गराए ।

उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र  डीज्यास्टर रिलिफ, रहेको बताउदै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,ले  डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए।

नले TEAM को अर्थ बुझाउंदै

T बाट Tenacious  (दृढ)

E बाट Energetic (उर्जावान)

A बाट Adaptable (अनुकुलनीय)

M बाट Maturity ( परिपक्वता)  रहेको बताए।

उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताएका थिए।

कार्यक्रममा फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन रेवत बहादुर कार्की,सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा  गुरुङ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब डिस्ट्रिकका जी एस टि कोर्ड़ीनेटर लायन दिपेन्द्र सिंखडा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।टिम एरिया लिडर लायन महेश श्रेष्ठले अब्जरभेसन रिमर्क्स दिएको कार्यक्रममा  लायन अच्युत बिष्टले धन्यबाद ज्ञापन गरेका  थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।