बुढानिलकण्ठमा अत्यावस्यक बस्तु तथा सेवा प्रदान गर्ने व्यवसाय बिहान ७ बजे सम्म खुल्ने

बुढानिलकण्ठमा अत्यावस्यक बस्तु तथा सेवा प्रदान गर्ने व्यवसाय बिहान ७ बजे सम्म खुल्ने

कपन अनलाइन

काठमाडौं ,भाद्र ४।

बुढानिलकण्ठमा अत्यावस्यक बस्तु तथा सेवा प्रदान गर्ने व्यवसाय बिहान ७ बजे सम्म खुल्ने भएका छन।बुढानिलकण्ठ नगरपालिकामा भएको विपद व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्दै अत्यावस्यक सेवा संचालनको समय सिमा निर्धारण गरेको थियो।

उक्त बैठक पश्चात नगरपालिकाका  प्रमुख प्रशासकीय  अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा उपप्रमुखको नेतृत्वमा रहेको कोभिड अनुगमन समितिलाई निरन्तरता दिदै  बजार र निषेधाज्ञा प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

नगरपालिकाको सूचना :

तपाइँको प्रतिक्रिया ।