ओखलढुंगामा थप एकजनामा कोरोना संक्रमण पुष्टि
कपन अनलाइन
काठमाडौं ,भाद्र ४ ।
ओखलढुंगामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार जिल्लाको खिजिदेम्बा गाउँपालिकाकी एक जना १५ बर्षिय बालिकामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिएका छन।
गत असार २६ गते रौतहटबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएकी बालिकामा कोरोना पुष्टि भएको तिवारीले बताए । उनी सहित १० जनाको आइतबार थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका लागी पठाईएको थियो ।
कोरोना देखिएका बालिकालाई उपचारका लागी जिल्ला अस्पताल रुम्जाटारको आईसोलेसनमा ल्याइदैँ गरेको र बालिकाको स्वास्थ्य अवस्था भने समान्य रहेको तिवारीले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया ।