ताप्लेजुङमा शृङ्खलाबद्ध रूपमा माङ्हिमको तोडफोड हुन थालेकोमा विरोध

ताप्लेजुङमा शृङ्खलाबद्ध रूपमा माङ्हिमको तोडफोड हुन थालेकोमा विरोध

कपन अनलाइन

काठमाडौं ,भाद्र ४ /अमृता नेपाली

ताप्लेजुङका किरात धर्म सम्बन्ध धार्मिक सस्थाहरुले माङ्हिम ( मन्दिर ) तोडफोडको बिरोध गरेका छन।पछिल्लो समय शृङ्खलाबद्ध रुपमा किरात माङ्हिमको तोडफोड हुन थालेको भन्दै धार्मिक संस्थाले बिरोध जनाएका छन।

सामाजिक तथा धार्मिक सद्भाव खल्बलाउने किसिमले किराँत धर्मावलम्बीहरुले सेवाभक्ती गर्ने ठाँउ माङ्हिमहरु तोडफोड गरिएको भन्दै जिल्लास्थित किराँत धर्म तथा साहित्य उत्थान संघ सहितका संस्थाले बुधबार प्रेस बिज्ञप्ति प्रकाशित गर्दै धट्नाको भत्सना साथै बिरोध जनाएका छन।तोडफोडको बिरोध गर्ने संस्थाहरुमा  किरात धर्म तथा साहित्य उत्थान संघ फुङ्लिङ नगर समिती; किरात साम्यो माङ्सेवा साबा समिति ;नालिफुङ्वा समिति , किरात खाम्बुलिङ् हाङ्साम नाहाङ्गा यक माङ्हिम रहेका छ्न।

सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार समेलनमा बितरित प्रेस बिज्ञप्ती अनुसार पछिल्लो पटक गत साउन २६ गते फक्तालुङ गाउँपालिका वडा न २ खेजेनिमको लामुजाकमा रहेको किरात खाम्बुलिङ हाङ्साम नाहाङ्गा यक माङ्हिममा ग्यास भरिएको सिलिन्डर बिस्फोट  गराइ तोडफोड गरिएको छ ।

त्यस्तै २०७६ पुस २० गते फक्तालुङ गाउँपालिका कै वडा न ६ लेलेपको साघुमा रहेको किरात तागेरा निङ्वाभु माङ्यक माङ्हिम कोपियक तथा निर्माणाधीन किरात महागुरु फाल्गुनन्द लिङ्देनको शालिक र ताप्लेजुङ तेह्रथुम संखुवासभाको संगम स्थल मेन्छ्याम युमा माङ्हिममा २०७५ सालको मङ्सिरमा तोडफोड गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

किरात धर्म सम्बन्ध संस्थाहरुले बिज्ञप्तिमार्फत सामाजिक सदभाव ,भातृत्व  एवम् धार्मिक बिबिधता र सहिष्णुतामा खल्ल पुर्याउने खालको तोडफोडजन्य घटनाहरु निन्दनीय भएको र तोडफोडजन्य घटनामा संलग्नलाइ कानुनी कारबाही गर्न स्थानीय प्रशासन , प्रदेश सरकार र संघिय सरकारसङ माग समेत गरेका छ्न।

अज्ञात समुह्का नाममा किरात माङ्हिमहरुको तोडफोड हुँदै आएको भएपनि पछिल्लो घटना अर्थात खेजेनिमको तोडफोडमा संलग्न रहेको आशङ्का गरि प्रहरीमा किटानी जाहेरी नै दिएको किरात खाम्बुलिङ हाङ्साम नाहाङ्गा यक माङ्हिम्का सचिव मिङ्सो साम्राले बताएका छन । साम्राका अनुसार माङ्हिम तोडफोडमा सात जना विरुद्ध जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दिएको र सात मध्ये एक जना प्रकाउ परिसकेका छ्न।किटानी जाहेरी दिएका अन्यलाइ पनि तत्काल पक्राउ गरि अनुसन्धान गरेर कानुनी कारबाही गर्नु पर्ने सस्थाहरुको माग रहेको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बोले बताएका छन  ।

तोडफोडजन्य घटनामा संलग्नलाइ कारबाही को माग गर्दै किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष कर्ण पालुङ्वा किरात साम्यो माङ्सेवा सावा समितिका अध्यक्ष इन्द्रहाङ पालुङ्वा किरात धर्म तथा साहित्य उत्थान सङ्घ फुङ्लिङ नगर समितिका सचिव जयप्रकाश सावादेन र किरात खाम्बुलिङ हाङ्साम नाहाङ्गायक माङ्हिमका अध्यक्ष भिमकुमार लिम्बू तथा सचिब मिङ्सो ले बिज्ञप्तिमा हस्ताक्षर समेत गरेका छन ।

(अमृता नेपाली सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रसिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।