टोखा नगर कार्यपालिकाको ६० औ बैठक सम्पन्न,स्वास्थ्य केन्द्रमा भेन्टिलेटर सहितको सेवा दिइने

टोखा नगर कार्यपालिकाको ६० औ बैठक सम्पन्न,स्वास्थ्य केन्द्रमा भेन्टिलेटर सहितको सेवा दिइने

कपन अनलाइन

काठमाडौं ,भाद्र ४।

टोखा नगर कार्यपालिकाको ६० औ बैठक सम्पन्न भएको छ।उक्त बैठकले उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा आइसोलेसन कक्ष स्थापना र आवस्यक खरिदका लागि९ सिफारिस गर्नका लागि ९ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

त्यस्तै सो बैठकले वडा नं ७ मा सक्रिय रहेका १५ जना स्वयंसेवकहरुको कोरोना विमा वडाको सिफारिसमा गर्ने निर्णय गरेको छ भने विष्णुमति कोरिडोर निर्माणका लागि सरोकारवालाहेउ संग छलफल गरि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ।

उक्त बैठकले ग्रीन ल्याण्ड चोकमा ट्राफिक बत्ति जडान प्रक्रिया अगाडी बढाउने तथा होम आइसोलेसनमा बस्ने व्यक्तिलाई सुरक्षित आहारका लागि दैनिक ३५० रुपैया उपलव्ध गराउने निर्णय गरिएको छ ।

हेर्नुहोस निर्णय :

तपाइँको प्रतिक्रिया ।