नेशनल को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३  द्वारा महानगरीय ट्राफिक प्रहरी वृत बौद्द जोरपाटीलाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान

नेशनल को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३  द्वारा महानगरीय ट्राफिक प्रहरी वृत बौद्द जोरपाटीलाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान

कपन  अनलाइन

काठमाडौँ,भाद्र ४ ।कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३  द्वारा महानगरीय ट्राफिक  प्रहरी वृत बौद्द जोरपाटीलाइ स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। बुधबार एक एक कार्यक्रमवीच नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३ का का अध्यक्ष प्रेम कुमार बस्नेत सहितको पदाधिकारीहरुले  महानगरीय ट्राफिक  प्रहरी वृत बौद्द जोरपाटीका कार्यलय प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारीलाइ   उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्  ।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल रहेका थिए भने बिशेष अतिथिको रुपमा  नेशनल  को-अपरेटर्स एलाएन्स नेपालका केन्द्रीय सदस्य गोबिन्द काफ्ले ,महानगरीय ट्राफिक  प्रहरी वृत बौद्द जोरपाटीका कार्यलय प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारी, नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३कासचिब सनोज भट्टराई,  नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३का कोषाध्यक्ष रोशन बाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको  थियो भने कार्यक्रमको अध्यक्षता नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३ का का अध्यक्ष प्रेम कुमार बस्नेतले गरेका थिए भने कार्यक्रम संचालन नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३ का  सचिब गोपाल खनालले गरेका थिए ।

नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३का कोषाध्यक्ष रोशन बाबु श्रेष्ठको संयोजनमा ट्राफिक प्रहरीलाइ आवश्यक फेस शिल्ड ३५ थान,  सर्गिकल मास्क ६ सय पिस, स्यानीटाइजर १२ लिटर, केएन ९५ मास्क  ४० पिस प्रदान गरिएको थियो ।

स्वास्थ्य सामग्री बुझ्दै महानगरीय ट्राफिक  प्रहरी वृत बौद्द जोरपाटीका कार्यलय प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारीले  कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३ले  गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका थिए । उनले  उक्त सामग्रीहरू आफ्नो मातहतमा रहेका सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने पनि  बताए ।

 कार्यक्रममा नेशनल  को-अपरेटर्स एलाएन्स नेपालका केन्द्रीय सदस्य गोबिन्द काफ्ले , नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३का सचिब सनोज भट्टराई, लगायतले शुभकामना मन्तब्य राख्दै महामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको  बताएका थिए  ।उनीहरुले  आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरन्तर  अगाडि बढ्न नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल  तत्पर रहेको उल्लेख गरेका थिए  ।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपूर्ण भूमिका रहने हुँदा उनीहरुको व्यक्तिगत सुरक्षाको लागि सो सामाग्रीहरु हस्तान्तरण  गरेकोमा आयोजकलाइ धन्यबाद ज्ञापन गरेका  थिए । उनले विषम परिस्थितिमा अग्र मोर्चामा खटिने ट्राफिक प्रहरीहरुको मनोबल बढाउनु पर्ने धारणा राख्दै कोरोना जोखिम न्यूनीकरणका लागि एक्लै को प्रयासले मात्र नपुग्ने भन्दै सामुहिक प्रयास बाट स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोना जोखिम न्यूनीकरणको  सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

अध्यक्षताको आसन बाट बोल्दै  नेशनल  को-अपरेटर्स एलाएन्स नेपाल काठमाडौं क्षेत्र नं ३  का अध्यक्ष प्रेम कुमार बस्नेतले उपस्थित सबैलाई धन्यवाद दिदै कोभिड नियन्त्रणको लागि सबै जना एक जुट हुनुपर्नेमा जोड दिएका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।