बुढानिलकण्ठ विपद व्यवस्थापन केन्द्रको बैठक सम्पन्न,निषेधाज्ञामा कडाई गरिने

बुढानिलकण्ठ विपद व्यवस्थापन केन्द्रको बैठक सम्पन्न,निषेधाज्ञामा कडाई गरिने

कपन अनलाइन

काठमाडौं ,भाद्र ३।

बुढानिलकण्ठ नगरपालिकामा भएको विपद व्यवस्थापन केन्द्रको बैठकले सरकारले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी रुपमा लागु गर्ने निर्णय गरेको छ ।अति आवश्यक सेवा र  खाध्यान्न पसल आवस्यक सुरक्षा मापदण्ड अनुसार खोल्न दिने निर्णय गर्दै सो बैठकले जिल्ला प्रसासन कार्यालयको निर्देशन पालना गर्न नगरवासीलाई आग्रह गरेको थियो ।

विपद व्यवस्थापन र प्रकोप नियन्त्रण बाहेक सम्पूर्ण सेवा बन्द गरेको नगरपालिकामा बसेको केन्द्रको बैठकमा काठमाडौं जिल्लाका नगरपालिकामा सबैभन्दा उच्च संक्रमित शंख्या पुग्नुका कारणहरुका वारेमा पनि छलफल गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकामा कुल संक्रमित शंख्या ९३ पुगेको अवस्था भएको सो बैठकमा नगरवासीमा लापरवाही र हेल्चेक्र्याई गर्ने प्रवृति देखिएको भन्दै त्यसको नियन्त्रण र रोकथामका लागि सचेतना र सजाय दुवै कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल,उपप्रमुख रमा राई ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा,नगरपालिकाका  सल्लाहकार सुन्दर पुर्कुटी,नेपाली कांग्रेस नगर प्रतिनीधि राजाराम बुढाथोकी , नेपाली सेनाका प्रमुख सेनानी रमेश खड्का ,स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल , प्रहरी प्रभाग कपनका पमुख शेखरजंग मल्ल ,प्रहरी प्रभाग बुढानिलकण्ठका प्रमुख भुपेन्द्र गिरि ,नगर प्रवक्ता नवराज भट्टराई ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई लगायतको उपस्थितिमा भएको बैठकले जमघट हुने स्थानमा कडाई गर्ने र  प्रहरी परिचालन गरेर पास बिनाको सवारी साधनहरु चल्न नदिने निर्णय गरिएको थियो।

 

तपाइँको प्रतिक्रिया ।