काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

कपन अनलाइन

काठमाडौं ,भाद्र ३।

काठमाडौं महानगरमा भदौ २ गते १२७ जना कोभिड १९ का संक्रमित थपिएका छन् । भदौ १ गते संक्रमित हुनेको संख्या ११३ जना थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा उपलब्ध गराएको विवरणअनुसार भदौ २ गते थपिएका १२७ जनामध्ये ८७ जनाको वडागत पहिचान छ भने बाँकी ४० जनाका बिभिन्न कार्यालय र संस्थागत आवद्ध रहेका छन  ।

साउन ३२ गते महानगरमा कुल संक्रमितको संख्या ९५५ थियो । यो संख्यामा भदौ १ गते ११३ जना र २ गते १२७ जना थपिएर भदौ २ गते मध्यान्नसम्ममा संक्रमितको संख्या १ हजार २१५ पुगेको छ । भदौ ३ गते काठमाडौं जिल्लामा १३४ जना संक्रमित थपिनुभएको छ । यीमध्ये महानगरकै कति भन्ने विवरण आउन बाँकी छ । भदौ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंका १३४ ललितपुरका १७ जना र भक्तपुरमा ८ जना गरी उपत्यकामा १५९ संक्रमित थपिएको जानकारी दिइएको छ।

मन्त्रालयका अनुसार आजसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ११८ जना पुगेको छ । बिश्वभर संक्रमितको सख्यां २ करोड २३ लाख १० हजार ३३१ जना पुगेको छ । यीमध्ये ७ लाख ८४ ३९७ जना मृत्य भएको छ भने १ करोड ५० लाख ५४ हजार २६९ जना निको भएर घर फर्किनुभएको छ ।

भदौ १ गते मध्यान्नदेखि भदौ २ गते मध्यान्नसम्ममा काठमाडौं महानगरका वडा ५, ६, ८, १७, १८, १९, २०, २१, २३, २४ र २५ गरी ११ वटा वडामा संक्रमितको संख्या थपिएको छैन  ।

काठमाडौं महानगरमा वडागत संक्रमण अवस्था भदौ २ गते मध्यान्नसम्मको विवरण

क्र. सं. वडा भदौ १ भदौ २
०१.
०२.
०३. १९ १०
०४.
०५. शुन्य
०६.  ६ शुन्य
०७.
०८. शुन्य शुन्य
०९.
१०. १०
११. ११
१२. १२
१३. १३
१४. १४
१५. १५
१६. १६
१७. १७ शुन्य शुन्य
१८. १८ शुन्य शुन्य
१९. १९ शुन्य
२०. २० शुन्य
२१. २१ शुन्य शुन्य
२२. २२ शुन्य
२३. २३ शुन्य शुन्य
२४. २४ शुन्य शुन्य
२५. २५ शुन्य
२६. २६ ३  स्थानीय  + ११  प्रहरी
२७. २७
२८. २८
२९. २९
३०. ३० शुन्य
३१. ३१ शुन्य
३२ . ३२ १२
३३. वडागत पहिचान भएका   ८७
३४. वडागत पहिचान नभएका   ४०
३५. जम्मा   १२७

समाचार साभार :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।