मोलुंग गाउँपालिका वडा नं २ की मृगौला रोग पिडित सुनिता दर्जीलाई आर्थिक सहयोग

मोलुंग गाउँपालिका वडा नं २ की मृगौला रोग पिडित सुनिता दर्जीलाई आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं ,भाद्र ३

ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिकावडा नं २ की मृगौला रोग पिडित सुनिता दर्जीलाई आर्थिक सहयोग गरिएको छ।जापानमा रहेका ओखलढुंगावासीहरुले सुनिता दर्जी बचाउ अभियान संचालन गरेर जम्मा गरेको रकम नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हस्तान्तरण गरेका थिए।

लायन्स क्लव अफ ओखलढुंगाको संयोजनमा भएको रकम  हस्तान्तरणको अवसरमा   ६२ जना व्यक्तिहरु बाट संकलित २ लाख ४० हजार रकम प्रदान  गरिएको थियो। 

सो अवसरमा लायन्स क्लब अफ ओखलढुंगाका पुर्व अध्यक्ष तेज प्रसाद धमला, उपाध्यक्ष गान्धर्बराज पौडेल,सचिव कृष्ण प्रसाद खनाल, क्लबका सदस्य देबी प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो। 

 

तपाइँको प्रतिक्रिया ।