तारकेश्वर नगरपालिका – ९ नवीन नगर टोलमा कोरोना सचेतना अभियान

तारकेश्वर नगरपालिका – ९ नवीन नगर टोलमा कोरोना सचेतना अभियान

कपन अनलाइन

काठमाडौं ,भाद्र ३ ।  मेनुका कार्की /राज शाही ठकुरी

तारकेश्वर नगरपालिका वडा नं ९ नबिन नगरमा कोरोना सचेतना संचालन गरिएको छ।तारकेश्वर नगरपालिकाका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिए पछी विभिन्न स्थानमा सुरक्षा मापदण्ड अपनाउनका लागि सचेतना कार्यक्रम संचालन हुदै आएका छन ।

वडा नं ९ को नबिन नगरमा सचेतना जगाउदै स्वयंसेवकहरुले बिना मास्क हिड्ने ,ठेला गाडामा पसल संचालन तथा कोठा भाडामा आउने र जाने क्रम बन्द गर्नका लागि स्थानीयहरुलाई सचेत गराएका थिए ।

सो स्थानमा रहेका स्थानीयहरुलाई सरकार र नगरपालिकाको निर्णय र सुचनाका वारेमा विभिन्न जानकारी प्रदान गरिएको र  नवीन नगर उपभोक्ता समितिका अध्यक्ष सुशान्त न्यौपानेले सचेत रहन वडावासीलाई आग्रह गरेका छन ।

(मेनुका कार्की र राज शाही ठकुरी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।