बुढानिलकण्ठ -११ कपन गुम्बा क्षेत्रमा बच्चा सहित चितुवा भेटियो ,स्थानीय त्रसित

बुढानिलकण्ठ -११ कपन गुम्बा क्षेत्रमा बच्चा सहित चितुवा  भेटियो ,स्थानीय त्रसित

कपन अनलाइन

काठमाडौं ,भाद्र ३।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन गुम्बा क्षेत्रमा चितुवा देखिए संगै स्थानीयहरु त्रसित बनेका छन। भाद्र २ गते कपन गुम्बाको सिसिटिभी क्यामेरामा चितुवा देखिए पछी सो को खोजि गर्दा कपन गुम्बा मुनि रहेको ग्राम शिक्षा मन्दिर मावी पछाडिको जंगलमा सो चितुवा आफ्ना केहि बच्चा सहित  भेटिएको छ।

सो क्षेत्रमा चितुवा देखिएको खबर प्राप्त गरेपछि वडा नं ११ का अध्यक्ष राजु अधिकारी र सदस्य बिनोद तामांग प्रहरी सहित सो क्षेत्रमा पुगेर गुम्बाको सिसि टिभी मा हेर्दा चितुवाको आवात जावत देखिएकोले शिवपुरी रास्ट्रिय निकुन्जलाई खबर गरिएको थियो।निकुन्जको टोलि अझै सो स्थलमा आइनपुग्दा स्थानीयहरु भने निकै त्रासमा बस्न बाध्य बनेका छन।अहिले सो स्थानमा प्रहरी र स्थानीयहरुले निगरानी गरिरहेका छन।

बिहान प्रातकालीन र बेलुका सन्ध्या कालिन भ्रमणका लागि धेरै मानिस आउने सो क्षेत्रमा बच्चा सहित चितुवा देखिएकोले सावधान बन्न र सके सम्म सो क्षेत्रमा भ्रमण नगर्न वडा सदस्य बिनोद तामांगले अनुरोध गरेका छन।

सो चितुवालाई सुरक्षित बासस्थान सम्म पुर्याउने प्रयास भैरहेको जानकारी दिदै उनले सहयोगका लागि सबैमा अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।