कुशे औंशीमा पनि सुनसान गोकर्णेश्वर महादेव मन्दिर (फोटो फिचर)

कुशे औंशीमा पनि सुनसान गोकर्णेश्वर महादेव मन्दिर (फोटो फिचर)

कपन अनलाइन

काठमाडौं ,भाद्र ३। कोरोना भाइरसको महामारीका कारण देशैभरका सबैजसो तीर्थस्थल बन्द छन्। खुलेकै भए पनि भक्तजनलाई प्रवेश निषेध  गरिएका छन्।कुशे औँसीका दिन ठूलै मेला लाग्ने काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णेश्वर महादेवको मन्दिरमा पनि यसपालि भक्तजनलाई आउन नदिने स्थानीय प्रशासनले निर्णय गरिसकेको छ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन लाग्ने मेला स्थगित गरिएको हो। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ। मन्दिर क्षेत्र शिल गरिए पनि भक्तजनहरुले बाहिरै बाट दर्शन गरेका छन ।

बिहानैदेखि गोकर्णेश्वर मन्दिर छिर्ने सबै नाकामा प्रहरी राखेर धार्मिक गतिविधि गर्न जान नपाउने व्यवस्था गरिएको छ । गए राति देखिनै उक्त क्षेत्रमा धेरै शंख्यामा प्रहरीहरु तैनाथ गरिएको महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बाशुदेव थापाले बताए। उनले  कोरोना जोखिमलाइ मध्य नजर गर्दै सो क्षेत्रमा धार्मिक गतिबिधिमा रोक लगाइएको बताए । त्यसै गरि उत्तरगया भनेर चिनिने गोकर्णेश्वर ४ उत्तरबाहिनी क्षेत्रमा समत महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरिको कमाण्डमा प्रहरीहरु तैनाथ गरिएको छ । यसै सन्धर्भमा कपन अनलाइनका फोटो पत्रकार सरोज बस्नेतले कैद गरेका गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रका   तस्बिरहरु,

तपाइँको प्रतिक्रिया ।