लायन्स क्लब अफ काठमाडौं अल्पाइन द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि भर्च्युल मिटिंग सम्पन्न

लायन्स क्लब अफ काठमाडौं अल्पाइन द्वारा आयोजित डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि भर्च्युल  मिटिंग  सम्पन्न

कपन अनलाइन

काठमाडौं ,भाद्र ३। सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ काठमाडौं अल्पाइन आयोजनामा डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग जुम प्रविधि मार्फ़त भर्चुअल रूपमा सम्पन्न भएको छ।  भाद्र १ गते सोमबार भएको सो मिटिंगको अध्यक्षता जोन चियरपर्सन लायन  धुर्व तारा  पोखरेलले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, रहेका थिए भने  बिशेष अतिथिको रुपमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक  फर्स्ट  भाइस गभर्नर लायन रेवत बहादुर कार्की, पुर्व डिस्ट्रिक गभर्नर लायन लिला ढुंगेल ,  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , ,जोन IX रिजन V र एरियाIII  अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं अल्पाइन ,लायन्स क्लब अफ काठमाडौं   क्रिएटिभ युथ ,लायन्स क्लब अफ काठमाडौं  कन्चनजँगा लायन्स क्लब अफ  काठमाडौं कर्पोरेट नेपाल, र लायन्स क्लब  अफ काठमाडौं सेरिंग हार्ट्स सहितका क्लब सम्मिलित पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको ।कार्यक्रममा जोन चियर पर्सन लायन धुर्ब तारा पोखरेलले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले “हामी सेवा गर्छौ” भन्ने नारासंगै सामाजिक सेवा, नेतृत्व विकास र भातृत्व विकास गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेको विश्वकै ठूलो एक मात्र सामाजिक संस्था लायन्स क्लब अन्तरराष्ट्रिय नेपालमा स्थापना भएको ४९ औ बर्ष पुरा गरी ५० औ बर्ष प्रवेश गरेको अवसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका थिए। कोभिड-19 का कारण उत्पन्न परिस्थितिका कारण एकै थलोमा कार्यक्रम गर्न संभव नभएकोले Zoom को प्रविधि प्रयोग गर्नु परेको समेत उनले स्पष्ट पारेका थिए ।

कार्यक्रममा जोन IX अन्तर्गत रहेका ५ वटा क्लबले लायन वर्ष २०१९/२०मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२०/२१मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।कार्यक्रममा क्लबले लायन्स वर्ष २०१९ /२० मा गरेका कार्यहरु र लायन वर्ष २०२०/२१का लागि गर्ने सामाजिक कार्यहरु संयुक्त रुपमा गर्दा कसरि गर्न सकिन्छ भनेर पनि छलफल समेत  गरिएको थियो।कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरेका थिए ।जसमा सेरिंग हार्ट्स कि इरु श्रेष्ठले विश्व शान्तिको कामना सहित पशुपतिमा आरती गर्ने ,क्यान्सर अवेरनेस कार्यक्रम   ब्लड डोनेसन सहित लायन्स  ब्रान्डीगका कार्यक्रम अघि बढाउने बताएकी थिईन।

त्यस्तै लायन्स क्लब अफ काठमाडौं अल्पाइनका लायन मंदर शेखर बन्दोपाध्यले लायन बर्ष २०२०/२१ मा क्लबले संयुक्त रुपमा बिभिन्न सामाजिक कार्य गर्ने बताएका थिए उनले डिस्ट्रिक गभर्नरको योजनालाई मुर्त रुप दिनको लागि क्लबले हातेमालो गरि अघि बढ्ने बताएका थिए ।त्यस्तै सो क्लबले क्यान्सर अवेरनेस  कार्यक्रम लगायतलाइ समेट्ने बताएका थिए ।त्यस्तै अन्य क्लबले पनि लायन वर्ष २०२०/२१मा गर्ने योजना र गत बर्ष गरेको  कार्यक्रमको समिक्षा गरेका थिए ।कार्यक्रममा  कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिड संग जुद्दै सुरक्षित भएर  सामाजिक सेवाका हातहरु अघि बढाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का पुर्व गभर्नर एबम बर्तमान जी एस टि मल्टिपल डिस्ट्रिक कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले आयोजकलाइ धन्यवाद ब्यक्त गरेका थिए ।उनले डिस्ट्रिक गभर्नरले १५ घण्टा सेवाको कार्य गर्ने योजना लाइ सफल बनाउनको लागि सबै जनाले साथ दिनुपर्नेमा जोड दिएका थिए।उनले बेनामको जीवन भन्दा सकारत्मक सोच सहित मानवता पहिले भन्ने भावनालाई अङ्गीकार गर्दै मानवीय सेवामा समर्पित हुन आग्रह गरेका थिए ।

उनले कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा आइसोलेसन बेडको अभाब भएको हुँदा लायन्स क्लबले आइसोलेसन निर्माणको लागि जुट्नुपर्ने बताएका थिए।त्यसै गरि कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने प्लाज्मा संकलनको लागि  पहल गर्न अनुरोध गर्दै कोरोना निको भइसकेका व्यक्तिको  रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको उपचारमा सहयोग पुग्ने हुँदा त्यस कार्यमा पनि सहभागी हुन अनुरोध गरेका थिए ।

उनले कोरोना संक्रमणको जोखिम बढ्दै गएको सन्धर्भमा लायन्स सदस्यहरुलाई सुरक्षित भएर मानवीय सेवामा अघि बढ्न समेत अनुरोध गरेका थिए। उनले मानव सेवा आश्रममा रहेका केहि ब्यक्तिहरुलाई समेत कोरोना संक्रमण भएको जानकारी आएको बताउदै संक्रमित ब्यक्तिहरुलाई स्थानान्तरण गरिएको र स्थानान्तरण गरेको ठाउमा लायन्स सदस्यहरुको सहयोगमा खाद्यान्न लगायतको आवश्यक सामग्री पुर्याउन सफल भएको पनि जानकारी गराए ।उनले मानवीय सेवामा जुट्न अनुरोध गर्दै कोरोना संक्रमितहरुको मनोबल बढाउने खालका क्रियाकलाप गर्नुपर्नेमा समेत जोड दिएका  थिए ।  उनले  क्लबको विविध पक्षमा प्रकाश पार्दै सामुहिक प्रयास सहित लायन्स क्लबलाई समुदायमा थप बिस्तृत गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम डिस्ट्रिक फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले आयोजकलाइ धन्यवाद दिदै विषम परिस्थितिमा काठमाडौंमा  आफु भौतिक रुपमा उपस्थित हुन नसके पनि पुर्वमा लायन्स ले गरेका सामाजिक कार्यमा सहभागी हुदै आएको बताएका थिए ।उनले जहाँ आवस्यकता त्यहा लायन्स भन्ने मूल नाराको मर्मलाइ आत्मसाथ गर्दै सेवामा लाग्न प्रेरित गरेका थिए।  उनले लायन्सको भावना अनुसारको काम गरि सामाजिक कार्यलाई प्रभावकारी बनाउन आग्रह  गर्दै अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबले समाजको आवश्यकता अनुरुप काम गर्न जोड दिए ।

कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन लिला ढुंगेल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।त्यस्तै कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले विषम परिस्थितिमा पनि जोम प्रबिधिको माध्यम बाट मिटिंग सम्पन्न गरेकोमा जोन चियरपर्सन  धुर्व तारा पोखरेललाइ धन्यबाद दिदै  मानवता हराउदै गएको आजको समयमा मानव सेवाका कार्य गर्दै समाजमा सकारात्मक संदेश दिनुपर्ने बताए । उनले समस्यामा परेकाहरुलाई  लायन्स सदस्यहरुले खाद्यान्न लगायत, आर्थिक तथा भौतिक साधनको माध्यमबाट पुर्याउदै आएको सेवाकार्यलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा यसको अझ आवश्यकता पर्नसक्ने अवस्थालाई ध्यान दिई चनाखो हुनुपर्ने बिचार राखेका थिए  ।

 उनले लायन्स क्लब  इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले लायन वर्ष २०/२१मा   प्राथमिकतामा राखेका  कार्यक्रमहरुको बारेमा प्रकाश पारेका थिए  ।उनले बातावरण,हंगर रिलिफ, डायबेटिज, चाइल्डहुड क्यान्सर, भिजन, युथ सर्भिस, ह्युम्यानीटेरियन सर्भिस र  डीज्यास्टर रिलिफ,लाइ प्राथमिकतामा राखेको बताए । डिस्ट्रिक नाराको रुपमा TEAM रहेको जानकारी गराए।

उनले TEAM को अर्थ बुझाउंदै

T बाट Tenacious  (दृढ)

E बाट Energetic (उर्जावान)

A बाट Adaptable (अनुकुलनीय)

M बाट Maturity ( परिपक्वता)  रहेको बताए।

उनले आफ्नो कार्यकालमा थप सेवाको कार्य गर्दै टिमलाइ संगै लिएर अघि बढ्ने पनि बताए। उनले आफ्नो थिम नै टिम भएको हुँदा समूह गत रुपमा थुप्रै काम गर्न सकिने बताएका थिए।

तपाइँको प्रतिक्रिया ।