टोखा नगरपालिकामा हालसम्म ७७ जनालाई कोरोना भाइरसको संक्रमण

टोखा नगरपालिकामा हालसम्म ७७ जनालाई कोरोना भाइरसको संक्रमण

कपन अनलाइन

काठमाडौं ,भाद्र ३।

टोखा नगरपालिकामा हालसम्म ७७ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार नगरपालिकाको वडा नं १० मा सबैभन्दा धेरै १५ जना संक्रमित भएका छन् । त्यसपछि वडा नं ६ मा ११ जनालाई संक्रमण पुष्टि भएको छ । वडा नं २ र ८ मा भने हालसम्म संक्रमित फेला परेका छैनन् । त्यस्तै वडा नं १ मा २ जना, वडा नं ३ मा ७ जना, वडा नं ४ मा ५ जना, वडा नं ५ मा ६ जना, वडा नं ७ मा ५ जना, वडा नं ९ मा ४ जना र वडा नं ११ मा ४ जनालाई संक्रमण देखिएको हो ।

नगरपालिकाका अनुसार संक्रमित मध्ये २३ जना होम आइसोलेसनमा, २५ जना अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना संक्रमित सम्पर्क विहीन अवस्थामा छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टोखा न.पा वडा नं ६ की एक महिला र वडा नं ९ की एकमहिला रहेका छन् ।

तपाइँको प्रतिक्रिया ।