राहत शिक्षक माथिको आतंक बन्द गर :नेपाल राहत शिक्षक केन्द्रीय समिति

राहत शिक्षक माथिको आतंक बन्द गर :नेपाल राहत शिक्षक केन्द्रीय समिति

कपन अनलाइन

काठमाडौं ,भाद्र १ ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले दरबन्दी मिलानको नाममा राहत शिक्षक माथिको आतंक बन्द गर्न आग्रह गरिएको छ ।

केन्द्रीय समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मुलुक नोभेल कोरोना भाइरसको चपेटामा भएको परिस्थितिमा ४० हजारको संख्यामा रहेका राहत शिक्षकमाथिको आतंक बन्द गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अहिले शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी मिलान र व्यवस्थापनको नाममा शिक्षा ऐन २०२८ संग बाझिने गरी शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधी २०७६ निर्माण गरी स्थानीय तहमार्फत विशेष गरी राहत शिक्षकहरु माझ आतंक सिर्जना गरिरहेकोप्रति यस नेपाल राहत शिक्षक केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यो कार्य तत्काल बन्द गर्न शिक्षा मन्त्रालयसंग जोडदार माग गर्दछौं ।”

बिज्ञप्ति :

तपाइँको प्रतिक्रिया ।