कोरोना संक्रमित देखिए संगै बुढानिलकण्ठ -५ मा विशेष सतर्कता

कोरोना संक्रमित देखिए संगै बुढानिलकण्ठ -५ मा विशेष सतर्कता

कपन अनलाइन

काठमाडौं ,भाद्र १।

बुढानिलकण्ठ नगरपालिका वडा नं ५ मा संक्रमित देखिए संगै वडाले कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति गठन गरेर विभिन्न निर्णयहरु गरेको छ।वडा अध्यक्ष विजय तामांगको अध्यक्षतामा गठन गरिएको उक्त समितिले निम्न निर्णय गरेको छ।

बुढानिलकण्ठ -५ मा  कोरोना रोकथाम तथा न्यूनीकरणको लागि सर्वदलीय छलफलका निर्णयहरु :
१) वडा अध्यक्षको संयोजकत्वमा १३ सदस्यीय कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति गठन
२) बुढानिलकण्ठ प्रहरी कार्यालयसङ्ग समन्वय गरि बिष्णुमतिमा चेक पोस्ट स्थापना तथा आवश्यक चेक जाच यथाशीघ्र सुचारू गर्ने
३) दक्षिणेश्वरी क्लब भवनमा क्वारेन्टाइन पुनः संचालन तथा आइसोलेसन निर्माणको लागि सम्भावित क्षेत्रको अध्ययन गर्ने
४)वडा अन्तर्गत रहेको बजार क्षेत्र र अन्य भिडभाड हुने क्षेत्रमा नियमित अनुगमन कार्य कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समिति मार्फत संचालन ।
५) कोरोना रोकथाम तथा न्यूनीकरणको लागी जनचेतनामूलक जानकारी प्रवाह गर्न गर्न ४ सदस्यीय प्रचारप्रसार स्वयंसेवक टिम परिचालन गर्ने।
६)विष्णुमती शहरी स्वास्थ केन्द्रका कर्मचारी तथा महिला स्वास्थ्य स्वंयमसेविका दैनिक रुपमा पालैपालो परिचालन गरि बिष्णुमतिमा आपतकालीन परामर्श तथा सहायता कक्ष हेल्प डेस्क स्थापना गर्ने ।
७) कोरोना रोकथाम तथा न्यूनीकरण सम्बन्धि थप कार्य गर्न वडा कार्यालयलाई जिम्मेवारी दिने ।
८) कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरण समितिको बैठक साप्ताहिक रुपमा तथा थप आवश्यकता अनुसार बसि समसामयिक र आवस्यक विषयमा छलफल गर्ने ।

तपाइँको प्रतिक्रिया ।