काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुका स्थानीयहरु रिले अनसनमा

काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुका स्थानीयहरु रिले अनसनमा
कपन अनलाइन
काठमाडौं ,साउन ३२
काठमाडौं महानगरपालिका वडा नं १६ बालाजुका स्थानीयहरुले रिले अनसनमा रहेका छनकाठमाडौं महानगरपालिका – १६ मा बलाजु बाईपासमा रहेको स्थानिय बसिन्दाको घरमा सरकारले  घर धनिलाईसूचनानै नदिइ  घर भत्काएको भन्दै सो रिले अनसन शुरु गरिएको हो ।
 गत साउन २० गते सरकारले सो क्षेत्रका घरमा डोजर लगाए संगै अहिले दैनिक  तिन /तिन जनाको दरले ३५ घरका प्रतिनिधिहरु अनसन बसिरहेका छन।
 
विगत आठ दिन देखि निरन्तर अनसन बसिरहेका स्थानीय बासिन्दाहरुको माग पनि यस प्रकार रहेको छ।
१. कानुनी राज्याको प्रत्याभुत गर ।
२.गैर न्याईक सडक बिस्तारले विस्थापितहरुलाई पुनवार्स्को व्यवस्था गर ।
३.ILO कन्भेन्सन १६९ UNDRIP ले दिएको आदिबासी हक तथा अधिकार सुनिस्चित गर।
४.अन्याय पुर्ण प्रहरी दमन बन्द गर मानव अधिकारको हनन नगर ।
५. अधिकारको दुरुपयोग गर्नेलाई कार्बही गर सुसासनको ग्यारेन्टी गर।
६.माथिको आदेश होईन बिधिको शासन गर।
सरकारले आफ्ना माग पुरा नभए  सम्म अनसन जारी राख्ने जानकारी दिदै स्थानीयहरुले छिटो भन्दा छिटो सो समस्या समाधानका लागि पहल गर्नका लागि अनुरोध गरेका छन
( सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार  रन्जिता गदाल ,उषा फुयाल, सुजित पुदसैनी, सहिल बुढाथोकीले तयार पारेको समाचार )
तपाइँको प्रतिक्रिया ।