पुरातत्व विभागको विस्तृत परियोजना प्रतिवेदन(DPR) का आधारमा बुढानिलकण्ठ क्षेत्रको विकास वारे छलफल

पुरातत्व विभागको विस्तृत परियोजना प्रतिवेदन(DPR) का आधारमा बुढानिलकण्ठ क्षेत्रको विकास वारे छलफल

कपन अनलाइन

काठमाडौं ,साउन ३२।

बुढानिलकण्ठ नगरपालिकाको नामकरण गरिएको बुढानिलकण्ठ मन्दिर क्षेत्रको विकासका लागि पुरातत्व विभागले निर्माण गरेको विस्तृत परियोजना प्रतिवेदन(DPR) का आधारमा काम अगाडी बढाउन छलफललाई निरन्तरता दिएको छ।

काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य दिपक निरौलाको आयोजनामा सो मन्दिर क्षेत्रमा संचालन भैरहेका विभिन्न योजनाहरुका वारेमा छलफल गरिएको हो।

सो छलफलमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको पहलमा संघीय सरकार बाट प्राप्त बजेटले निर्माण भैरहेको धर्मशालाको टेन्डर भएको अवस्थामा कार्य सम्पन्न गर्ने वारेमा चर्चा गरिएको थियो भने अन्य स्थानमा निर्माणाधीन योजनाका वारेमा पनि छलफल गरिएको थियो।

कोभिड -१९ को प्रकोपले कामलाई असर नपरेको खण्डमा एक महिना भित्र स्थानीय जनताको सहयोगमा मन्दिर क्षेत्रको जग्गाको नाप नक्शा सम्पन्न गर्दै ति क्षेत्रको स्वामित्व मन्दिर मातहत ल्याउने प्रक्रिया अगाडी बढी सकेको जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले मन्दिर क्षेत्रमा यातायात निषेध गर्दै बैकल्पिक व्यवस्था गर्ने वारेमा पनि छलफल गरिएको बताएका छन।

गत वर्ष बागमती प्रदेस सरकार बाट बिनियोजन गरिएको ५० लाख रुपैयाले शुरु गरेको कामलाई पूर्णता दिदै यस वर्षको ५० लाख बाट अन्य संरचना निर्माण गरिने जानकारी दिदै प्रदेस सभा सदस्य निरौलाले नगरपालिकाले निकै महत्व दिएको नगर वसपार्क निर्माणका लागि आवस्यक स्थान व्यवस्थापनका वारेमा छलफल गरिएको बताएका छन।

उक्त छलफलमा आफ्नो धारणा राख्दै वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले बुढानिलकण्ठ मन्दिर क्षेत्रको विकासमा स्थानीय विच समान धारणा नबनेकोले समस्या आएको भन्दै संघीय ,प्रदेस र स्थानीय सरकारले संयुक्त पहल गरेर सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका थिए।

त्यस्तै सो छलफलमा स्थानीय विकास तामांगले पुरातत्व विभागले तयार पारेको DPR मा सनातन धर्म सेवा समिति ,पुजा व्यवस्थापन समिति र क्षेत्र विकास समितिको प्रतिनिधित्व रहेको बताउदै यसको कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

त्यस्तै उक्त छलफलमा स्थानीय दामोदार भण्डारीले मन्दिर  क्षेत्रको सौन्दर्य र धार्मिक महत्वलाई प्रवर्धन गर्नका लागि सबै पक्षको सामुहिक पहल आवस्यक रहेको बताएका थिए।

उक्त छलफलमा बोल्दै स्थानीय मनोज श्रेष्ठले मन्दिर क्षेत्रको जग्गा नक्शांकन र निर्धारणलाई प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्ने बताएका थिए भने ब्रह्मदेव श्रेष्ठ र गणेश कुँवरले मन्दिर क्षेत्र भित्र भएका निर्माण कार्य र आगामी योजनाहरुका वारेमा सामुहिक पहल गरेर अगाडी बढ्नुपर्ने बताएका थिए।

२०४२ शालमा शुरु गरिएको मन्दिर क्षेत्रको जग्गा अधिग्रहण अहिले सम्म पनि पुरा नहुँदा सो क्षेत्रका जनताहरु निकै पिडित बन्दै आएका छन।सो मन्दिर क्षेत्रको विकास र जग्गा समस्या समाधान गर्ने उद्घोष सहित क्षेत्र विकासको अध्यक्ष र सदस्य सचिव बनेकाहरुले पनि अहिले सम्म सफल बन्न सकेका छैनन भने त्यस क्षेत्रमा भएको असमान र अप्राविधिक तरिकाले गरिएको केहि कित्ता जग्गा अधिग्रहणका वारेमा स्थानीयलाई सुचित गरेका थिएनन्।

पटक पटक मन्दिर क्षेत्रको प्रावधान ,बिस्तृत विकास गर्ने सहित सो क्षेत्रलाई विश्व सम्पदा सुचिमा समेत पुर्याउने योजनाका सपना देखाउदै  आएका यसका जिम्मेवार व्यक्ति तथा सरोकारवालाहरु माथि जनताको दवाव बढे संगै अव यो समस्यालाई किनारा लगाउने तर्फ गम्भीर बन्नु पर्ने बेला आएको एक स्थानीयले बताएका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।