शंखरापुर नगरपालिकामा १ सय ५९ जनाको पि.सि.आर.परिक्षण

शंखरापुर नगरपालिकामा १ सय ५९ जनाको पि.सि.आर.परिक्षण

कपन अनलाइन

काठमाडौं, श्रावण २९ । शंखरापुर नगरपालिकामा थप एक जना कोरोना संक्रमित भेटिएको छ।नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु प्रसाद चापागाईंले दिएको जानकारी अनुसार वडा न ९ मा थप १ जना कोरोना भाइरस संक्रमित  भेटिएको  हो  । यस अघि वडा न ९ , २ र वडा न ७ मा १/१  जना गरि तीन जना कोरोना संक्रमित  भेटिए पश्चात  नगरपालिकामा कोरोना संक्रमित संख्या ४ पुगेको छ। त्यसै गरि शंखरापुर नगरपालिकाले बुधबार  १ सय ५९ जनाको पि.सि.आर. परिक्षण गरेको छ।

नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरु, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, नापी शाखा , मालपोत कार्यालय साखुका कर्मचारीहरु र बैंकका कर्मचारीहरुको पि.सि.आर.परिक्षण गरेको नगरपालिकाका संयोजक बिष्णु प्रसाद चापागाईंले जानकारी  गराए।

पछिल्लो घटनाक्रमले समुदायमा समेत कोरोना भाइरस संक्रमित फैलिएको देखिएकोले नागरिकहरु  आफै सचेत हुनुपर्ने  बताउदै  अत्यावश्यक काममा बाहेक  बाहिर ननिस्किकन घरमै बस्न  उनले आग्रह  गरेका छन।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।