जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिको संयोजकमा बिष्णु खडका

जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिको संयोजकमा बिष्णु खडका

कपन अनलाइन

काठमाडौं ,साउन २९।

कोरोना(कोभिड १९) महामारीका बीच जिल्ला जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रीय समितिको प्रतिनिधिमूलक भेला कुपोन्डोल, ललितपुरमा सम्पन्न भएको छ । भेलाले विष्णु खड्काको संयोजकत्वमा धर्मराज बिसि सचिव रहेको २१ सदस्यीय कमिटी गठन गरेको छ । भेलामा ३ नम्बर प्रदेश ईन्चार्ज क.सागरको प्रमुख आतिथ्य एवं ३ नम्बर प्रदेश सेक्रेटरी क.प्रवेश र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव क.वसन्त बोगटीको आतिथ्य रहेको थियो ।

भेलाले प्रदेश १ मा गणेश घिमिरेको संयोजकत्वमा प्रेम बुढाथोकी र रमेश बुढाथोकी, प्रदेश २ मा चन्देश्वर पण्डितको संयोजकत्वमा सन्तोष महतो, प्रदेश ३ मा अर्जुन बोगटीको संयोजकत्वमा नरेन्द्र कार्र्की र मिलन श्रेष्ठलाई सम्पर्क मञ्च विस्तारको जिम्मेवारी तोकेको छ भने प्रदेश ४ मा नविन बुढाथोकी र प्रदेश ५,६,७ मा शंकर बोहरालाई संयोजकको जिम्मेवारी ठोस गरेको छ । यो संगै भेलाले यहि भदौ १३ गते मञ्चको केन्द्रीय प्रशिक्षण र भदौ २६ गते राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा माइतीघर मण्डलामा बृहत विरोध कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

तपाइँको प्रतिक्रिया ।