चुनदेवी जेष्ठ नागरिक भवन बुढानिलकण्ठ -१० निर्माणका लागि छलफल

चुनदेवी जेष्ठ नागरिक भवन बुढानिलकण्ठ -१० निर्माणका लागि छलफल

कपन अनलाइन 

काठमाडौं ,साउन २९।

चुनदेवी जेष्ठ नागरिक भवन बुढानिलकण्ठ -१० निर्माणका लागि छलफल गरिएको छ। बागमती  प्रदेस सरकारको सहयोगमा वडा नं १० को मनकामना हाइट धारपाखामा निर्माण गरिने सो भवनको निर्माण कार्यलाई अगाडी बढाउनका लागि भएको छलफलमा विविध पक्षरुका वारेमा जनप्रतिनिधि र स्थानीयविच छलफल गरिएको थियो।

 

बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार  कार्कीको पहलमा बजेट व्यवस्थापन भए संगै सो स्थानमा जेष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो।

उक्त छलफलमा प्रदेस सभा सदस्य कार्की , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नवराज देउजा सहित समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

सो छलफलमा उपभोक्ता समितिका अध्यक्ष देउजाले भवन सम्पन्न गर्नका लागि थप पहल गरिदिन प्रदेस सभा सदस्य कार्कीलाई आग्रह गर्दै निर्माण योजना र प्रगतिका वारेमा जानकारी गराएका थिए।

तपाइँको प्रतिक्रिया ।